७ वैशाख २०८१ शुक्रबार
राजनीति

बुढानिलकण्ठ नपामा एमालेको अग्रता

काठमाडौं—काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिकामा एमालेले अग्रता लिएको छ। एमालेका मेयर उम्मेदवार उद्धव खरेल ८७९ मत सहित अग्र स्थानमा छन्। काँग्रेसका राजु श्रेष्ठ ५५५ मत ल्याएर पछ्‌याइरहेका छन्। माओवादीका रवीन अधिकारीले २४८ मत पाएका छन्।

१३ नम्बर वडाबाट थालिएको गणनामा एमालेको अग्रता देखिएको हो। पुरानो चुन्निखेल गाविस अहिलेको १३ नम्बर वडामा पर्छ।

अहिले दुई ठाउँमा गणना भइरहेको छ। बुढानिलकण्ठ नगरपालिकामा ३० हजार ६०० मत खसेको थियो। गणना भएका १८२५ मत मध्ये मेयरका २५ मत बदर भएका छन्। उपमेयरका १४ मत बदर भएका छन्।

प्रकाशित: १ जेष्ठ २०७४ ०७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App