७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

१८ तलामाथिबाट एलिभेटर खस्दा चीनमा ८ जनाको मृत्यु

बेइजिङ् (चीन)—पूर्वी चीनको लोङकाउ शरहमा निर्माणाधिन भवनको १८ तलामाथिबाट निर्माण प्रयोजनका लागि सामान ओसार्ने ‘एलिभेटर’ खस्दा आठ जनाको मृत्युभएको छ।

साङदोङ प्रान्तको लोङकाउ शहरको सरकारी वेव साइटमा एलिभेटर १८औँ तलाबाट खसेको र उक्त समयमा कामदारका रुपमा ‘एलिभेटर’ मा रहेका आठ जनाको शुक्रबार मृत्यु भएको उल्लेख छ।
 

अठार तलामाथिबाट खसेका उनीहरुलाई घाइते अवस्थामा उपचारका लागि अस्पताल पुर्‍याइए पनि गम्भीर चोटका कारण उपचारबाट जोगाउन नसकिएको प्रशासनले बताएको छ।

चीनमा पछिल्ला वर्षहरुमा कामदारको सुरक्षाका लागि धेरै सुधारजन्य कार्यहरू भएपनि निर्माण नियम पालना नगर्दा कामदाररुको जीवन अझै जोखिमयुक्त रहेने गरेको छ। एपी

प्रकाशित: २ श्रावण २०७३ १२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App