६ वैशाख २०८१ बिहीबार
राजनीति

पर्वतमा मतगणना सुरु

पर्वत  – पर्वतका सात वटै स्थानीय तहमा मतगणना सुरु भएको छ । पैंयूमा बिहान ९ बजेदेखि नै गणना सुरु गरिएपनि नतिजा सार्वजनिक गरिएको छैन । पैयूँको १, २, ३ र ४ वडाको छुट्टाछुट्टै गणना सुरु गरिएको छ। 

चार वटै वडाको सबै गणना सकिएपछि मात्रै सार्वजनिक गर्ने तयारी भएको छ । ५, ६ र ७ को त्यसपछि क्रमशः गणना गरिने भएको छ । यता बिहादी गाउँपालिका, महाशिला गाउँपालिका र मोदी गाउँपालिकामा ११ बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधिश मोहनराज भट्टराईले जानकारी दिए। 

कुश्मा नगरपालिका, फलेबास नगरपालिका र जलजला गाउँपालिकामा साँढे १२ बजेबाट गणना सुरु गरिएको छ । कुश्मा नगरपालिकाको वडा नम्बर १ बाट गणना सुरु भएको छ । अहिले दुई वटा बाकसको मत खन्याएर मतपत्र मिलाउने काम भइरहेको भट्टराईले बताए । उनका अनुसार मंगलबार साँझ वा बुधबार बिहानसम्ममा गणना सक्ने अनुमान निर्वाचन कार्यालयले गरेको छ।

९९ हजार दुई सय ४३ मतदाता रहेको पर्वतमा आइतबार सम्पन्न निर्वाचनमा ६९ हजार ७५ मत खसेको थियो। 

प्रकाशित: १ जेष्ठ २०७४ ०८:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App