coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चाँंगुनारायणको मतगणना अनिश्चित

भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिकाको मतगणना अनिश्चित देखिएको छ।

जिल्लाका बाँकी तीन वटै  नगरपालिकाहरूमा मतगणना सुरु भए पनि चाँंगुनारायण नगरपालिकाको मतगणना अनिश्चित बनेको हो । 

चाँंगुनारायण नगरपालिकाको नगरकोटमा नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह मादल नभएको मतपत्र खसेको बारेमा विवाद भएपछि मतगणना सुरु हुन नसकेको हो । विहानैदेखि बसेको सर्वदलीय बैठक अहिलेसम्म पनि जारी छ । बैठकमा के भइरहेको छ, त्यसबारे जानकारी दिइएको छैन । 

चाँगुनारायण नगरपालिकाका निर्वाचन अधिकृत रिन्जु डंगोलले मादल चिन्ह नभएको मतपत्र खसेकोबारे राजनीतिक दलहरूबीच विवाद हुँदा मतगणना सुरु नभएको बताइन् । राजनीतिक पार्टीहरुबीच सहमति भएपछि मतगणना सुरु हुन्छ, उनले नागरिकसँंग भनिन्, तर कहिले कतिखेर सहमति हुन्छ, त्यो भने अनिश्चित छ । 

चाँगुनारायण नगरपालिकाको नगरकोटमा आइतबार नेमकिपाको चुनाव चिन्ह नभएको मतपत्र खसेको थियो । २२ वटा मत खसेपछि मात्रै मादल चिन्ह नभएको मतपत्र आएको थाहा भएको पश्चात् अर्काे नयाँं मतपत्र प्रयोग गरी मतदान सुचारु गरिएको थियो । मतपत्रमा मादल चिन्ह् नभएकाले   मादल चिन्हमा मतदान गर्न चाहने मतदाताहरु वञ्चित भएको भन्दै पार्टी केन्द्रिय समितिले दोषीमाथि कार्वाही गर्न सरकार र निर्वाचन आयोगसमक्ष माग राख्दै आएको छ । 

सोमबार बिहान ९ बजेदेखि मतगणना सुरु गरिएकोमा भक्तपुरको  सूर्यविनायक नगरपालिकाको  मतगणना पहिले सुरु गरिएको थियो । भक्तपुर र मध्यपुर थिमि नगरपालिकामा पनि मतगणना  सुरु भइसकेको छ । 

प्रकाशित: १ जेष्ठ २०७४ ०६:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App