coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सिन्धुलीमा मतगणना सुरु, गोलञ्जोर १ मा माओवादी विजयी

सिन्धुली – सिन्धुलीको गोलञ्जोर १ मा माओवादी केन्द्रका मिनबहादुर सुनुवार वडाअध्यक्षमा विजयी भएका छन् ।

आइतबार रातीदेखि सुरु भएको मतगणनामा महिला सदस्यमा काँग्रेसले जित हात पारेको छ भने वडाअध्यक्ष सहित अन्यमा माओवादी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत पर्शुराम भट्टराईका अनुसार अन्य तहहरूमा पनि मतगणना सुरू भएकाे छ । बिहान १० बजेबाट सुरू गर्ने भनिएतापनि ११ बजेपछि कमलामाई नगरपालिका १ बाट मतगणना सुरु भएको हो । त्यस्तै तीनपाटन गाँउपालिका, दुधौली नगरपालिका, सुनकोसी गाँउपालिका लगायतमा पनि मतगणना सुरु भएको स्थानीयले जनाएका छन् । 

आइतबार भएको निर्वाचनमा जिल्लामा झन्डै ७५ प्रतिशत मत खसेको थियो । 

प्रकाशित: १ जेष्ठ २०७४ ०५:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App