coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

ललितपुरमहानगरमा काँग्रेसको अग्रता

ललितपुर – ललितपुर महानगरपालिका–१ वडाको पछिल्लो मत परिणामअनुसार नेपाली काँग्रेसले अग्रता लिएको छ । जारी मत गणनामा प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ३६७ मतका साथ अग्र स्थानमा छन्, भने नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकार ३०९ मतका साथ दोस्रो र नेकपा माओवादी केन्द्रका दिनेश महर्जन ११२ मतका साथ तेस्रो स्थानमा छन् । 

आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनमा यहाँका सबै छ स्थानीय तह महानगरसहित दुई नगरपालिका र तीन वटै गाउँपालिकामा मतगणना जारी छ । गएराति १२ बजेबाट महानगरको १ वडाबाट मतगणना सुरु भएको थियो । उक्त वडामा दुई हजार ४६१ मतदाता रहेका छन् । 

जम्मा २९ वडा रहेको महानगरमा प्रमुख पदका लागि १४ तथा अन्य पदका गरी ६३४ जनाले उम्मेदवारी दिएका थिए । कुल एक लाख १२ हजार ९२३ मतदाता रहेको महानगरपालिकामा ८९ हजार २१४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिका छन् । 

गोदावरी १ मा काँग्रेस, महाँकाल ६ मा एमाले विजयी 

यसैबीच गोदावरी नगरपालिका र महाँकाल गाउँपालिकाको अन्तिम मत परिणाम आएको छ । जसअनुसार गोदावरी नगरपालिका–१ वडाका वडाप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार हरिहर कार्की ८४८ मत प्राप्त गरी अग्रता लिएका छन्। 

त्यस्तै महाँकाल गाउँपालिका–६ को प्रमुखमा नेकपा एमालेका उम्मेदवार रामकृष्ण आचार्यसहित प्यानलनै विजयी भएको छ । रासस 

प्रकाशित: १ जेष्ठ २०७४ ०४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App