७ वैशाख २०८१ शुक्रबार
राजनीति

भरतपुरमा मध्यान्हबाट मतगणना सुरु हुने

चितवन – चितवनका सातमध्ये छवटा स्थानीय तहमा सोमबारबाटै मतगणना सुरु हुने भएको छ । काँग्रेस माओवादी गठबन्धनबाट प्रधानमन्त्री पुत्री रेणु दाहाल मेयर पदमा उम्मेद्वार रहेको भरतपुर महानगरपालिकाको मत परिणाम प्रति धेरैको चासो जोडिएको छ । भरतपुरमा सर्वदलीय बैठक बसेको र ११/१२ बजे तिर महानगरपालिकाको मतगणना सुरु हुने चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले जानकारी दिए ।

भरतपुरको कभर्ड हलमा महानगरपालिकाका सवै २९ वटा वडाका मतपेटीकाहरू संकलन भएको छ । गणना पनि सोही कभर्ड हलभित्रै गरिने छ । निर्वाचन कार्यालय प्रमुख ढकालका अनुसार माडी र खैरहनी नगरपालिकामा मत गणना कार्य सुरु भएको छ । इच्छाकामना गाउँपालिका, रत्ननगर र राप्ती नगरपालिकामा पनि मतगणनाको तयारीका लागि सर्वदलीय बैठक बसिरहेको छ ।

कालिका नगरपालिकामा वडा नं. ११ को एकजना वडा सदस्य पदका उम्मेद्वारको निधन भएका कारण सो वडामा भोलि मंगलबार मात्रै मतदान हुँदैछ । कालिका नगरपालिकाका अरु वडामा आइतबार नै मतदान भएर मतपेटीका संकलन भइसकेको छ । तर वडा नं. ११ को मतदानपछि मात्रै कालिका नगरपालिकाको मतगणना सुरु हुने जानकारी प्राप्त भएको छ। 

प्रकाशित: १ जेष्ठ २०७४ ०३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App