७ वैशाख २०८१ शुक्रबार
राजनीति

राप्रपासँगको तालमेल मतदाताद्वारा अस्वीकार, उम्मेदवारबिनाको सूर्य चिन्हमा बढी मत

ललितपुर— ललितपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच मेयर र उपमेयरसहित केही वडामा भएको तलमेललाई मतदाताले बदर अस्वीकार गरेका छन्। एमालेले मेयरमा हरिकृष्ण ब्यञ्जनकार र उपमेयरमा राप्रपाका बाबुलाल प्रधानलाई मतदानगर्ने सहमति अनुसार ललितपुरको उपमेयरमा एमलेले उम्मेदवार उठाएको थिएन।

मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीका अनुसार एमालेका तर्फबाट उपमेयरमा कुनै उम्मेदवार नभएपनि मत्रपत्रमा भने छाप लागेको छ।

तर पछिल्लो मतगणनाअनुसार राप्रपाका प्रधानभन्दा उम्मेदवारबिनाको सूर्य चिन्हमा बढी मत खसेको छ। पछिल्लो मतपरिणामअनुसार राप्रपाका उपमेयर उम्मेदवार बाबुकाजी प्रधानले ६३ मत पाएका छन्। सूर्यमा हालसम्म ११६ मत परेको छ।

एमालेले ललितपुरमा सुकुमाया तामाङलाई उपमेयर उम्मेदवार उठाउने निश्चित भइसकेको अवस्थामा राप्रपासँग तालमेल भएको थियो। तालमेलपछि एमालेले उपमेयरमा आफ्नो उम्मेदवार उठाएको थिएन।

मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीका अनुसार एमालेका तर्फबाट उपमेयरमा कुनै उम्मेदवार नभएपनि मत्रपत्रमा भने छाप लागेको छ। उनका अनुसार केही पदका उम्मेदवार निर्विरोध निर्वाचित भै सकेका चिन्हमा समेत मतदान भएको छ। निर्वाचन कार्यालयका अनुसार ६०० मतगणनामा यो अवस्था देखिएको हो।

प्रकाशित: १ जेष्ठ २०७४ ०३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App