coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

महामन्त्री कोइरालालाई डिस्चार्ज गर्ने तयारी

काठमाडौं—नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाको स्वास्थ्य क्रमिक सुधार भएको छ। उल्लेख्य सुधार भइरहेकाले उनलाई दुई दिनपछि डिस्चार्ज गरी घर फर्काउने तयारी भइरहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

'अहिले उहाँको स्वास्थ्य स्थिति ठीक छ। नशाबाट औषधि दिनुपर्ने र चिकित्सकको निगरानी राख्नुपर्ने भएकाले उहाँलाई अस्पतालमा राखिएको हो', डा.हरिश जोशीले भने, ' दुई दिनमा औषधिको मात्रा पूरा भइसक्छ। त्यसपछि उहाँलाई घर फर्काइने छ।'

महामन्त्री कोइरालाले अहिले साधारण खानपान गरिरहेका छन्। उनको उच्च रक्तचाप, मुटुको धड्कन र युरिनको मात्रा पनि सामान्य अवस्था आइसकेको डा.जोशीले बताए। महामन्त्री कोइराला अकस्मात् स्वास्थ्य अचानक गम्भीर भएपछि उनलाई गत असार २१ गते ओम अस्पतालमा भर्ना गरिएको थियो। अचेत अवस्था रहेका उनलाई सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो।

उनको उपचारमा नेपालका ख्यातिप्राप्त चिकित्सको टोली खटिएको थियो। डा कोइरालाको उपचारमा उनकी पत्नी डा.सुपात्रा कोइराला, डा. अर्जुन कार्की, डा. भगवान् कोइराला, डा.युएन पाठक, डा.लव जोशी, डा.श्याम महर्जन, डा.सुवास आचार्य, डा.महेश भट्टराई, डा.रवीन्द्र श्रेष्ठ, डा. रावल पाठक, डा. पिके क्षेत्री, डा हरिकिशोर श्रेष्ठ, डा हरिश जोशीलगायतका १५ जनाभन्दा बढी चिकित्सकको टोली सक्रिय रहेको थियो। रासस

प्रकाशित: २ श्रावण २०७३ ११:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App