coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काभ्रेको खार्पाचोकमा डढेलोसँगै आगलागी

चैत्र २६, २०७२- डढेलोको कारण भएको आगालागीमा परी खार्पाचोक ७ मा भुकम्प पीडितको ४ घर र अस्थायी टहरा जलेको छ ।


स्थानीय डोल्मा लामाले दिएको जानकारी अनुसार, सरजिवन बनमा लागको डढेलो बाबियोडाँडातर्फ फैलिएको छ । इलाका प्रहरी कार्यलय मंगलटार र प्रहरी चौकी कटुञ्जेबाट टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यलयका डिएसपी नबिनकुमार राईले जानकारी दिए । नेपाली सेनाको २६ नं बाहिनी भकुण्डेबाट पनि टोली खटिएको छ ।


घटनास्थलबाट प्रहरी निरिक्षक यमनाथ अधिकारीले दिएको जानकारी अनुसार, डढेलो सिपाली गाविसतर्फ पनि फैलिने क्रममा छ । स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।
पात्लेखेतको जंगलमा पनि डढेलो लागेको र प्रहरी परिचालन गरिएको राईले जानकारी दिए । हावाहुरीका कारण चैत र बैशाखको समयमा डढेलो लाग्ने गरेको छ ।

प्रकाशित: २६ चैत्र २०७२ ०६:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App