coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नवलपरासीमा मतगणना जारी

नवलपरासी –  नवलपरासीमा आठ वटा स्थानीय तहमध्ये छ वटा स्थानीय तहमा मतगणना कार्य सुरु भएको छ । 

जिल्लाको पहाडी हुम्सेकोट र बङ्दीकाली गाउँपालिकामा बाहेक अन्य सबैमा मतगणना कार्य जारी छ । अन्य छ वटा स्थानीय तहमा गएरातिदेखि नै मतगणना सुरु भएको हो । 
वर्षाका कारण मतपेटीका अबेर जम्मा भएका कारण हुप्सेकोटबाहेक बुङ्दीकाली गाउँपालिकामा मतगणना अहिले बिहानबाट गणना गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख कैलास केसीले जानकारी दिए।
 
पहिलो चरणको निर्वाचनमा नवलपरासीमा जिल्लामा १५ स्थानीय तहमध्ये प्रदेश नं ४ मा परेका आठ वटा स्थानीय तहमा निर्वाचन भएको थियो । जसअनुसार नगरपालिकातर्फ चार र गाउँपालिकातर्फ चार वटा रहेका छन् । 

नगरपालिकातर्फ, गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिका र गाउँपालिकातर्फ बुलिङटार, बुङ्दीकाली, हुप्सेकोट, बिनयी त्रिवेणीमा मतदान भएको थियो । 

जसअन्तर्गत गैँडाकोट नगरपालिकामा काँग्रेसबाट प्रमुखका उम्मेदवारले २१४, उपप्रमुखका उम्मेदवारले २२३, नेकपा एमालेबाट प्रमुखका उम्मेदवारले २५६ र माओवादीका उम्मेदवारले २४ मत प्राप्त गरेका छन् । यस्तै कावासोतीमा काँग्रेसबाट प्रमुखमा ९१, एमालेबाट प्रमुखमा ७८, माओवादीबाट प्रमुखमा पाँच मत प्राप्त गरेका छन् । यस्तै देवचुलीमा काँग्रेसबाट प्रमुखमा ४९९, एमालेबाट प्रमुखमा ४२५, माओवादीबाट प्रमुखमा २६२ मत प्राप्त गर्नु भएको छ यस्तै गैँडाकोटमा काँग्रेसबाट प्रमुखमा २१४, एमालेबाट प्रमुखमा २५६, माओवादीबाट प्रमुखमा २४ मत प्राप्त गर्नुभएको छ यस्तै मध्यबिन्दुमा काँग्रेसबाट प्रमुखमा ११८, एमालेबाट प्रमुखमा १६१, माओवादीबाट प्रमुखमा १५ मत प्राप्त गरेका छन् । 

नवलपरासीको प्रदेश नं ४ मा कुल एक लाख ८६ हजार ८८१ मतदाता सङ्ख्या रहेकोमा करिब ७६ प्रतिशत मतदान भएको थियो । रासस 

प्रकाशित: १ जेष्ठ २०७४ ०३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App