८ वैशाख २०८१ शनिबार
राजनीति

दोलखामा कांग्रेसले खाता खोल्यो, जिरीको मेयरमा अग्रता

दोलखा— दोलखामा कांग्रेसले खाता खोलेको छ। जिरी नगरपालिका वडा नम्बर १ मा कांग्रेसका लाक्पा शेर्पा वडाध्यक्ष निर्वाचित भएका छन्। त्यहाँ सबै वडा सदस्य समेत कांग्रेसले जितेको छ।

कांग्रेसका विजयी शेर्पाले २ सय ९७ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका साङ्गे शेर्पाले १ सय ८२ मत ल्याए। एमालेका निमा शेर्पाले १ सय ३१ मतमा चित्त बुझाए।

मेयरमा पनि कांग्रेसकै अग्रता
९ ओटा वडा रहेको जिरी नगरपालिकाको मेयरमा कांग्रेसले नै अग्रता लिएको छ। वडा नम्बर १ को मतगणना सकिँदा कांग्रेसका मेयर उम्मेदवार सोनाम शेर्पाले ३ सय १ मत ल्याएर अग्रता लिएका छन्।

यस्तै सो वडाबाट माओवादी केन्द्रका मेयर उम्मेदवार गेल्बु शेर्पाले १ सय ६६ र एमालेका मेयर टंक जिरेलले १ सय ३६ मत ल्याए । वडाबाट ७ सय ३२ मत खसेको थियो।
११ हजार १ सय ७४ मत रहेको जिरीमा ७ हजार ७ सय ३ मत खसेको थियो । सोमबार दिउसो सम्म सबै नतिजा आई सक्ने निर्वाचन अधिकृत दिपेन्द्र काफ्लेले जानकारी दिए।
 

प्रकाशित: १ जेष्ठ २०७४ ०२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App