८ वैशाख २०८१ शनिबार
राजनीति

ललितपुर महानगरपालिकाको मतगणना ११ बजेबाट हुने

ललितपुर- ललितपुर महानगरपालिकामा आजबाटै मतगणना हुने भएको छ। महानगरका मतपेटिका मत गणनाको लागि स्टाफ कलेज ल्याइपुर्‍याइएको छ। सर्वदलिय बैठक पछि आज ११ बजेबाट नै मत गणना गर्ने निर्णय गरिएको हो।

ललितपुरमा ८० प्रतिशत मत खसेको छ। ललितपुर महानगरपालिका मेयरमा नेपाली कांग्रेसबाट चिनिबाबु महर्जन, उपमेयरमा गीता सत्यालको उम्मेदवारी छ।

नेकपा एमालेबाट मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा सुकमाया तामाङले उम्मेद्वारी रहेको छ।
माओवादी केन्द्रबाट मेयरमा दिनेश महर्जन(दिपेश) र उपमेयरमा मञ्जली शाक्यले उम्मेद्वारी छ।

त्यस्तै, साझा पार्टीको समर्थनमा ललितपुर मेयरमा रमेश महर्जन र शोभा शाक्यको स्वतन्त्र उम्मेद्वारी छ।  
 

 

प्रकाशित: ३१ वैशाख २०७४ १५:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App