coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

जाजरकोटमा ७७.१२ प्रतिशतले भोट हाले

जाजरकोट- आइतवार सम्पन्न स्थानीय तहको निर्वाचनमा  जाजरकोटका ७८ हजार ९ सय ४७ मतदाता मध्य ६० हजार  ८ सय ८१ ले आफनो मताधिकारको प्रयोग गरेका छन्। जिल्लाका ८५ मतदान स्थलका  १ सय १३ मतदान केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान  सकिएको छ।   मतदानमा  २९ हजार  २ सय ३६ महिला र  ३१ हजार  ६ सय ४५ पुरुषले आफनो मताधिकार  प्रयोग गरेका छन्।

  मुख्य निर्वाचन अधिकृतको कार्यालयवाट दिइएको जानकारी अनुसार जिल्लामा  कुल ७७.१२ प्रतिशत मत खसेको  छ।  केहि मतदान स्थलमा  सामान्य विवाद वाहेक  निर्वाचन शान्तिपुर्ण ढंगले सम्पन भएको छ ।  निर्वाचन मार्फत जिल्लाका ३ नगरपालिका र ४ गाउँपालिकामा ३ सय ९९  प्रतिनिधिहरु निर्वाचित हुने छन् ।

 मतगणना  आइतबारवाटै सुरु हुने मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीले वताए । मतदानमा  निकै उत्साहपुर्वक मतदाताहरु  सहभागि  भएको उनले बताए।   २० वर्ष पछि स्थानीय सरकार  बनाउन आफुहरु मतदानमा सहभागि हुन पाएको भन्दै    मतदाताहरुमा निकै खुसी र उमंग छाएको देखिएको छ।

प्रकाशित: ३१ वैशाख २०७४ १३:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App