७ वैशाख २०८१ शुक्रबार
राजनीति

मुगुमा ७३ प्रतिशत मत खस्यो, मतगणना सोमवारबाट मात्र

मुगु- जिल्लाभरका तीन गाउँपालिका र एक नगरपालिकामा आईतवार भएको स्थानीय तहको निर्वाचनमा कुल ७३ दशमलव ७ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लामा ६० वटा मतदान केन्द्र तोकिएको र ति सबै मतदान केन्द्रमा शान्तिपुर्ण तरिकाले निर्वाचन सम्पन्न भएको कार्यालयको भनाई छ। सबै मतदान केन्द्रबाट मत पेटिका गाउँपालिका र नगरपालिकामा पुगि नसकेको भए पनि मतदानको तथ्याकं आई सकेको छ। जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार कुल २७ हजार  ४ सय ३५ मतदाता रहेकोका पहिलो चरणको स्थानीय तहको निर्वाचनमा ७३ दशमलव  ७ प्रतिशत अर्थात २० हजार १ सय ५० जनाले मतदान प्रक्रियामा भाग लिएका र ७ हजार २ सय ८५ जनाले मतदानमा भाग नलिएको जिल्ला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी राजिमान बुढाले जानकारी दिए।

 मतदानमा सहभागि भएका मतदाता मध्य १० हजार ६९ महिला मतदाता र १० हजार १ सय ६१ पुरुष मतदाता निर्वाचनमा सहभागि भएका छन। सबै मतदान केन्द्रबाट मत पेटिका आई नसकेकाले राती अवेरसम्म मतपेटिका तोकिएको  गाउँ पालिका र नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालय तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्ने र सोमवार विहानबाट मात्र मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित: ३१ वैशाख २०७४ १३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App