७ वैशाख २०८१ शुक्रबार
राजनीति

निर्वाचनबारे गृहको निष्कर्ष: सोचेभन्दा सफल

काठमाडौं- गृह मन्त्रालयले स्थानीयतहको पहिलो चरणको निर्वाचन सोचेभन्दा सफल भएको निष्कर्ष निकालेको छ। ६ हजार ६ हजार ६ सय  ४१ मतदान केन्द्रमध्ये तीन जिल्लाका तीन केन्द्रको मतदान मात्रै स्थगित भएको र छिटफुट घटना भएकाले निर्वाचन सफल भएको गृहले निष्कर्ष निकालेको हो।

गृहका अनुसार दोलखा, काभ्रे र मुगुको एक–एक मतदान केन्द्र बाहेक अन्य सबै मतदान केन्द्रमा सफलताका साथ मतदान सम्पन्न भएको छ । शनिवार बेलुका गोली प्रहारबाट एक जनाको मृत्यु भएपछि काभ्रेको एक मतदान केन्द्रमा मतदान नभएको हो । सरकारले काभ्रे घटनाको छानविनका लागि समिति गठन गरेको छ । अन्य २ केन्द्रमा विवादका कारण मतदान स्थगित भएको हो ।

स्थानीय तह निर्वाचनका लागि सरकारले नेपाली सेना, प्रहरी, सशस्त्र, म्यादी गरी ९५ हजार सुरक्षा जनशक्ति परिचालन गरेको थियो ।

गृह प्रवक्ता बालकृष्ण पन्थीले निर्वाचनका सुरक्षा प्रवन्ध अपेक्षा भन्दा पनि बलियो रहेको र निर्वाचन शान्तिपूर्ण रहेको बताए ।

‘तीन वटा प्रदेशको ३४ जिल्लामा भएको निर्वाचनमा केही जिल्लामा छिटफुट घटनाबाहेक गम्भिर प्रकृतीका घटना भएन,’ पन्थीले भने‘हाम्रो निष्कर्षमा पहिलो चरणको निर्वाचन ज्यादै सफल भएको छ, यसले दोस्रो चरणको निर्वाचनका लागि समेत उत्साह बढाएको छ । ।’

 

 

 

प्रकाशित: ३१ वैशाख २०७४ १३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App