१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

साँझ ७ बजेदेखि सवारी साधन चल्ने

काठमाडौं—नेपाल प्रहरीले साँझ ७ बजेदेखि सवारी साधन आवात-जावत सुचारु हुने बताएको छ। स्थानीय तह निर्वाचनका लागि शनिबार मध्यरातदेखि चुनाब हुने ३४ जिल्लामा सबै किसिमका सवारी साधन सञ्चालनमा रोक लगाएको थियो।

मतदान साँझ ५ बजेसम्म मतदान सकिँदैछ। मतदान सकिए पनि सुरक्षा सम्वेदनशीलताका कारण साँझ ७ बजेसम्म सवारी साधन रोक लगाइएको हो।

प्रहरीले विज्ञप्ति जारी गर्दै साँझ ७ बजेदेखि निजी सवारी साधन पनि सञ्चालन गर्न पाइने जनाएको छ।

प्रकाशित: ३१ वैशाख २०७४ ११:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App