८ वैशाख २०८१ शनिबार
राजनीति

स्याङ्जामा ६० प्रतिशत मतदान सकियो

गल्याङ्ग नगरपालिका १ मालुङ्गामा भोट खसाल्दै मतदाता । तस्बिर : मुक्तिप्रसाद न्यौपाने

पाल्पा – स्थानीय तहको निर्वाचन स्याङ्जा जिल्लामा शान्तिपूर्ण रुपमा भैरहेको छ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा शान्तिपूर्ण रुपमा मतदाताले बिहानैदेखी लामबद्द भएर मतदान गरिरहेका छन् । 

राज्य पूनर्संरचनापछि भएको पहिलो स्थानीय तहको निर्वाचनमा शान्तिपूर्ण रुपमा मतदानमा भाग लिन पाउँदा जनतामा उत्साह छाएको हो । जिल्लाका १ सय ९९ स्थानका २ सय ८० मतदान केन्द्रबाट मतदान भैरहेको छ । स्याङ्जा प्रवेश गर्ने सिद्धार्थ राजमार्गको राम्दी खण्डमा यातायात सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ । प्रदेश नं. ५ को निर्वाचन दोस्रो चरणमा हुने भएपछि पाल्पाको सुरक्षा व्यवस्था समेत स्याङ्जा प्रवेश गर्ने नाका राम्दीमा केन्द्रित गरिएको छ । 

स्याङ्जा जिल्लामा अहिलेसम्म ६० प्रतिशत मत खसेको र शान्तिपूर्ण रुपमा मतदान भैरहेको मुख्य निर्वाचन अधिकृत रमेशकान्त अधिकारीले बताए । झण्डै २० वर्ष पछिको स्थानीय निर्वाचन भैरहँदा जनतामा उत्साह छाएको छ । गल्याङ्ग नगरपालिका–१, स्याङ्जामा भोट दिएर फर्कदैं गरेकी पम्फा नेपालीले भोट खसाल्दा निकै रमाईलो महशुस गरेको बताइन् । उनी भन्छिन्, लामो समयदेखिको पर्खाइको घडी सकिए जस्तो भा छ, अब आउने नेतृत्वले कसरी काम गर्छ भन्ने उत्सुकता पनि छ ।’ सोही स्थानमा मत दिएका केशव बस्यालले देशले स्वासप्रस्वास गर्न थालेको अनुभव गरेको बताए । देश अब संवृद्धि तर्फ जाँदैछ । भोट जसलाई दिएको भएता पनि जनतामा विकाशको आशा पलाएको उनले बताए । 

मतदानमा युवा, महिला, जेष्ठ नागरिकको उल्लेख्य सहभागीता छ । चर्को घाममा बिहानैदेखी खाना समेत नखाई मत व्यक्त गर्दा जनताले घामको कुनै प्रवाह गरेका छैनन् । गल्याङ्ग नगरपालीका–१, मालुङ्गा ‘ग’ केन्द्रका मतदान अधिकृत हुमनाथ पौडेलले मतदाता बिहान ७ बज्नु अगाडिदेखी नै भो खसाल्न लामबद्ध भएको बताए । उनी भन्छन्, ‘शान्तिपूर्ण रुपमा जनताले आफ्नो प्रतिनिधि चयन गर्दैछन् ।’

पाँच नगर र छ गाउँपालिका गरि ११ वटा स्थानीय तहका लागि मतदान भैरहेको हो । स्याङ्जामा ५ सय ७ जना जनप्रतिनिधिका लागि मतदान भैरहेको छ । स्याङ्जा जिल्लाका १ लाख ९१ हजार २ सय ५३ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकृत गुरुप्रसाद मरासिनीले बताए। 

प्रकाशित: ३१ वैशाख २०७४ १०:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App