७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

हवाई आक्रमणमा परी इराकमा तेह्र लडाकू मारिए

बग्दाद – इराकको पश्चिमी अनबारमा प्रान्तमा इराकी सेनाले गरेको हवाई आक्रमणमा परी कम्तीमा १३ जना इस्लामिक स्टेट (आइएस) आवद्ध लडाकूको मृत्यु भएको छ । 

आइएस लडाकूका विभिन्न पदाधिकारीको बैठकलाई लक्षित गरी भएको यस आक्रमणमा परी उनीहरुको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् । 

सिरियानजिकैको सीमा क्षेत्रमा पर्ने अल क्विम सहरमा उनीहरुको बैठक चलिरहेको भन्ने गुप्तचर निकायले दिएको सुचनाका आधारमा आक्रमण गरेको इराकको संयुक्त सुरक्षा कारबाही टोलीद्वारा जारी वक्तव्यमा जनाएको छ । 

उनीहरुले आमनागरिकलाई लक्ष्यगरी आक्रमण गर्ने योजना बनाइरहेको वक्तव्यमा दावी गरिएको छ । 

मे महिनाको अन्त्यतिर पर्ने रमजानको मौकामा आक्रमण गर्ने तयारीमा ती लडाकूको रहेका सरकारी सुरक्षा निकायको आरोप छ । 

आक्रमणमा परी अरु केही आतङकारी घाइते पनि भएको अधिकारीहरुले बताएका छन् । 

प्रकाशित: ३१ वैशाख २०७४ १०:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App