एउटै केन्द्रबाट हाले पाँच मेयरले भोट

आइतबार, ३१ बैशाख २०७४, १५ : ३९ शंकर श्रेष्ठ

धादिङ  –  धादिङको निलकण्ठ नगरपालिकाको मेयरका पाँच जना उम्मेदवारले एउटै केन्द्रबाट भोट खसालेका छन् । 

जिल्लामा सबैभन्दा चासोको विषय बनेको निलकण्ठ नगरपालिकाको मेयरका प्रत्यासी पाँच जनाले वडा नं. ८ स्थित रत्नदेवी मतदान केन्द्रबाट भोट हालेका हुन् । कांग्रेसबाट मेयरका उम्मेदवार भीमप्रसाद ढुङ्गाना, नयाँ शक्ति पार्टीका उम्मेदवार केशव अधिकारी, एमाले समर्थित स्वतन्त्र उम्मेदवार भरत ढुङ्गाना, कांग्रेस समर्थित स्वतन्त्र उम्मेदवार अनिल कोइराला र नेकपा मालेबाट मेयरका उम्मेदवार खगेश्वर कोइरालाले एउटै केन्द्रबाट मतदान गरेका छन् । 

पाँचै जनाले बिहान पहिलो लाइनमा नै बसेर मतदान गरेको मतदान अधिकृत राधवलाल कर्णले बताए । रत्नदेवीको केन्द्रमा निलकण्ठ नगरपालिकामा कांग्रेस तर्फबाट मेयरका उम्मेदवारका १०१ वर्षीय बुवा शोमनाथ ढुङ्गानाको मतदानसँगै मतदान सुरु भएको थियो ।

निलकण्ठ नगरपालिकाको एमालेबाट मेयरका उम्मेदवार अर्जुन कुमार श्रेष्ठ गोर्खालीले भने निलकण्ठ ४ को मतदान केन्द्रबाट भोट खसालेका छन् । जिल्लाभर उल्लासमय ढंगबाट मतदान भइरहेको छ ।

 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad