१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

धादिङमा हर्सोल्सासका साथ मतदान

धादिङ- धादिङमा २ नगरपालिका र ११ गाउँपालिका गरी १३ वटा स्थानीय तह छन्। १ सय ९ मतदान स्थल र २ सय ५१ मतदान केन्द्र छन्। सबै केन्द्रहरुमा हर्साउल्लासका साथ मतदान भइरहेको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ।

                दिउँसो १ बजेसम्म सबै केन्द्रहरुमा सौहार्दपूर्ण ढंगबाट मतदान भईरहेको छ। ‘छिटफुट रुपमा राजनीतिक दलहरुले नै अन्य दलले यस्तो गर्‍यो उस्तो गर्‍यो भन्ने भनेर टेलिफोन गरेको भएपनि मतदानमा कुनै समस्या छैन’ मुख्य निर्वाचन अधिकृत भरत लम्सालले भने।

                दुर्गममा पर्ने उत्तरको रुवीभ्याली देखि दक्षिणको महाभारतमा पर्ने बेनिघाट रोराङसम्म सबै स्थानका केन्द्रहरुमा सात सयको हाराहारीमा मत खसिसकेको लम्सालले बताए । जिल्लाको दुर्गम गाउँहरुका मतदान केन्द्रहरुमा शनिबार देखि नै मतदाता आइपुगेका थिए । राती देखि नै लाइनमा बसेका मतदाताले विहान ७ बजेबाट मतदान सुरु गरेका छन् ।

                बृद्ध, अशक्त, गर्भवती मतदाताहरु पनि आफन्तको सहारामा मतदान केन्द्रसम्म पुगेका छन् । सिधा उभिनै नसक्ने उमेरका बृद्ध मतदाता स्टेचर केन्द्रसम्म पुगेर मतदान गरेका छन्।

 

प्रकाशित: ३१ वैशाख २०७४ ०९:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App