coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अर्काको नाममा मत हाल्न खोजेपछि प्रहरीद्वारा गोली प्रहार

दोलखा— केही व्यक्तिले अर्काको नाममा मत हाल्ने प्रयास गरेपछि भएको विवादमा प्रहरीले गोली चलाएको छ। तामाकोशी गाउँपालिका वडा नं. ५, सहरेस्थित जनजागृति मावि मतदान केन्द्र अर्काको नाममा मतदान गर्न गएका व्यक्तिले प्रहरी हवल्दारलाई दुव्र्यवहार गरी आक्रमण प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो।

प्रहरीको गोलीबाट मतदान गर्न लाइनमा बसेकी लीला खड्का घाइते भएकी छिन्। उनको तिघ्रामा गोली लागेको छ। घटना लगत्तै सो मतदान केन्द्रमा नेपाली सेनाको टोली पुगेको छ। सेनाको टोलीले गोलीको छर्रा मात्र लागेको जानकारी दियो।

स्थिति असहज भएपछि सो मतदान केन्द्रमा चुनाब स्थगित भएको छ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले प्रहरीले हवाई फायर गरेको बताउँदै सुरक्षा तैनाथी बढाएर सो कन्द्रमा चुनाब सुचारु गराउने प्रयास भइरहेको बताए।

 

प्रकाशित: ३१ वैशाख २०७४ ०६:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App