८ वैशाख २०८१ शनिबार
राजनीति

मुख्य नेताले भोट खसाले

काँग्रसे बरिष्ठ नेता रामचन्द्र पाैडेल मतपेटिकामा मतपत्र खसाल्दै।

काठमाडौं— स्थानीय तह निर्वाचनममा मुख्य दलका शीर्ष नेताहरुले मतदान गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको भरतपुरबाट मतदान गरेका छन्। दाहालले भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थित लक्ष्मी माविक लङ्कुको मतदान केन्द्र ख बाट मतदान गरेका हुन्।

नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले तनहूँ जिल्लाको सत्यवती मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गरेका छन्। परिवारसहित मतदान केन्द्र पुगेर उनले भोट खसाले।

यसैगरी काँग्रेस महामन्त्री डा.सशांक कोइराला मतदानका लागि काठमाडौं महाराजगञ्जस्थित भ्याली स्कूल मतदान केन्द्र पुगेका छन्। काँग्रेस नेता प्रकाश मानसिंहले काठमाडौको पकनाजोल उच्च माविस्थित मतदान केन्द्रबाट भोट खसालेका छन्।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हेटौंडाबाट मतदान गरेका छन्।

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायण विजुक्छे रोहितले भक्तपुरबाट मतदान गरेका छन्। उनले भक्तपुर नगरपालिका ५ स्थित विद्यार्थी निकेतन माध्यामिक विद्यालय साकोठा मतदान केन्द्रबाट मतदान गरेका हुन्।

प्रकाशित: ३१ वैशाख २०७४ ०४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App