७ वैशाख २०८१ शुक्रबार
समाज

ट्र्याक्टरले ठक्कर दिँदा बालकको मृत्यु

गौशाला – महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा बालुवा बोकेको ट्र्याक्टरले ठक्कर दिँदा एक साइकल चालक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोनमा गाउँपालिका–३ बस्ने जलन्धर दासका छोरा १० वर्षीय राहुल दास रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ । 

शनिबार साँझ गाउँ नजिकैको खोलाबाट बालुवा बोकेर उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ज१त ६२६६ नंको ट्र्याक्टरले आफ्नै घर अगाडि साइकल चलाउँदै गरेका बालक राहुल दासलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए । 

घटनापश्चात् ट्र्याक्टरका चालक फरार भएका छन् भने प्रहरीले पीडित परिवार र गाउँलेको सहयोगमा शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएको छ । रासस 

प्रकाशित: ३१ वैशाख २०७४ ०४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App