६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

ज्येष्ठ नागरिक र प्रहरीबीच झडप

भेनेजुएलाको प्रदर्शनमा सहभागी ज्येष्ठ नागरिक । तस्बिर : रोयटर्स

काराकस – भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरोको सरकारले देशको अर्थतन्त्र धारासायी बनाएको आरोप लगाउँदै राजधानी काराकस लगायत देशका विभिन्न सहरमा हजारौं ज्येष्ठ नागरिकले प्रदर्शन गरेका छन् । 

राजधानी काराकसको मुख्य सडकमा  भेला हुन आउन लागेका हजारौंको संख्यामा रहेका ज्येष्ठ नागरिकलाई रोक्ने क्रममा प्रहरीले मरिचको धुलो छर्केर भीडलाई रोक्न खोजेको बिबिसीले जनाएको छ । 

प्रदर्शनकारी ज्येष्ठ नागरिकले प्रहरीमाथि मुक्का प्रहार गर्दै प्रहरीले इज्जत गर्नुपर्ने माग गरेका थिए । दक्षिण अमेरिकी देश भेनेजुएलामा लामो समयदेखि चलिरहेको आन्दोलनका कारण औषधि र चिकित्कसीय सामाग्रीलगायत अति आवश्यकीय वस्तुहरुको अभाव भइरहेको बिबिसीले जनाएको छ । स्वास्थ्य वस्तुको अभाव तथा स्वास्थ्य सेवामा भएको संंकटका कारण भेनेजुएलामा ज्येष्ठ नागरिक प्रभावित भइरहेको पनि बिबिसीले जनाएको छ ।

आफू आफ्ना नाति–नातिनाको संरक्षण गर्न र देश जोगाउन आएको काराकसमा भएको प्रदर्शनमा सहभागी भएका एक ७८ वर्षे राफइल कोलमेनारेसको भनाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । 

आन्दोलनमा सहभागीले ‘ज्येष्ठ नागरिकलाई सम्मान गर’ जस्ता नारा लगाएको पनि बिबिसीले जनाएको छ । 

यसैबीच भेनेजुएलाकी स्वास्थ्य मन्त्रीले बाल तथा सुत्केरी महिलाको मृत्युदरमा पछिल्ला दुई वर्षमा बृद्धि भइरहेको औपचारिक तथ्यांक विवरण सार्वजनिक गरेपछि राष्ट्रपति मडुरोले उनलाई पदबाट हटाएको बिबिसीले जनाएको छ । 

पेशाले ग्यानोकोलोजिस्टसमेत रहेकी स्वास्थ्य मन्त्री एन्टोनिइटा कापोरल चार महिना अघि मात्रै भेनेजुएलाकी स्वास्थ्य मन्त्री बनेकी थिइन् । 

उनको ठाउँमा अस्पतालसम्बन्धी उप–मन्त्री लुइस लोपेजलाई जिम्मेवारी दिइएको बिबिसीले जनाएको छ । 

विश्वविद्यालय रहेको सहर मेरिडामा यसअघि विद्यार्थीले निरन्तर रुपमा राष्ट्रपति माडुरो सरकारविरुद्धमा प्रदर्शन गर्दै आएका थिए । तर शुक्रबार निवृत्त भएका ज्येष्ठ नागरिकको समूहले सार्वजनिक अभियोजनकर्ताको कार्यालय अगाडि प्रदर्शन गरेको बिबिसीले जनाएको छ । 

आन्दोलनमा सहभागी एक ज्येष्ठ नागरिकले सरकाले आफूहरुलाई तीन तरिकाले मारिरहेको बताएका थिए । आफूहरुलाई सरकारले खाना र औषधोपचारको अभाव गराएर तथा  प्रदर्शनमा आउन बाध्य गराएर मारिरहेको बताएका थिए । 

प्रदर्शनमै सहभागी अर्की एक महिलाले ‘आज म ६० वर्ष पुगेको र जीवनमा पहिलो पटक पर्याप्त खानेकुरा नभएको’ संकेत कार्ड बोकेकी थिइन् । आफूहरुसँग प्रदर्शन गर्नुको विकल्प नै रहेको ७५ वर्षे फ्लोरेन्टिनो मोन्टिलबाको भनाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।आवश्यक प¥यो भने आफूहरु सडकमै मर्न तयार रहेको पनि उनले बताए । भेनेजुएलामा छ साता अघि सुरु भएको आन्दोलनका क्रममा हालसम्म कम्तीमा ३९ नागरिकको मृत्यु भइसकेको छ । 
 

प्रकाशित: ३१ वैशाख २०७४ ०३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App