coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानमा १० कामदार मारिए

इस्लामाबाद – पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने बालोचिन्तान प्रदेशको ग्वादरीमा शनिबार भएको गोली प्रहारको घटनामा कम्तीमा १० कामदारको मृत्यु भएको छ भने अन्य दुई कामदार घाइते भएका छन् ।

निर्माणकार्य गरिरहेका बेला उनीहरुमाथि गोली प्रहार भएको स्थानीय अधिकारी र पाकिस्तानका विभिन्न सञ्चारमाध्यमको जानकारी उद्धृत गर्दै समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । 

बालोचिस्तान प्रदेशका गृह मन्त्री सार्फाज बुग्तीले सडक निर्माणकार्य भइरहेको ठाउँमा काम गरिरहेका बेला कामदार माथि आक्रमण भएको र उनीहरुको मृत्यु भएको पुष्टी गरेको सिन्ह्वाले जनाएको छ । सिस्गान र गान्थ सडक क्षेत्रमा उक्त घटना भएको जनाइएको छ । 

घटनाका पीडित सिन्ध प्रदेशको छिमेकी जिल्ला नाउसेरो फेरोजका स्थानीय नागरिक भएको पाकिस्तानी अधिकारीले जानकारी दिएका छन् । गोली प्रहारमा मारिएकाको शव र घाइतेलाई नजिकैको अस्पतालमा राखिएको छ । आक्रमणकारीले उनीहरुलाई टाउकोमा गोली प्रहार गरेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । घटनाका बारेमा अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन् । 

प्रकाशित: ३१ वैशाख २०७४ ०३:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App