coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लेलेप र तापेथोकमा बेपत्ता भनिएका २१ बारे जानकारी आएको छैन: प्रहरी

ताप्लेजुङ- उत्तरी ताप्लेजुङका दुई गाविस लेलेप र तापेथोक जोड्ने पुल समेत बगाउने गरी सोत्लिम्मा भीर खस्दा आएको पहिरोमा परी अलपत्र भएको भनिएका २१ जना बारे आफुलाई कुनै जानकारी नआएको प्रहरीले बताएको छ।

घटनाका बारेमा जानकारी लिन पुगेको प्रहरी टोलीसंग थप संचार सम्पर्क नभएपनि त्यहाँबाट कसैले अलपत्र परेको जानकारी नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी रामबहादु केसीले बताए।‘एकजना बेपत्ता भएको प्रारम्भिक जानकारी आएको छ’ केसीले भने त्यस बाहेक थप केहि छैन। सोत्लिम्मा र घैयावारी क्षेत्रमा ५ घर परिवार भएको र गए बेलुकी उनीहरु सुरक्षित स्थानमा पुगेको अपुष्ट जानकारी स्थानीयले प्रहरीलाई टिपाएको डिएसपी केसीले बताए।

घटना बारे बुझ्न गएको टोलीको संचार सेटले काम नगरेको र पहिरोको बीचमै अलपत्र परेको बारे स्थानीय कसैले जानकारी नगराएकोले यस बारेमा थप नबुझी भन्न सकिन्न’केसीले भने। लेलेपको घैयावारी भीर तर्फको भाग तापेथोकको सोत्लिम्मा भन्ने स्थानमा झर्दा सो बीचमा रहेको एउटा झोलुङे पुल बगाएको प्रहरीले बताएको छ। यो पहिरोमा परी तापेथोक ८ की २८ बर्षिय मनिता राई बेपत्ता भएकी छन्। सदरमुकाम फुङलिङमा पसल गरी बस्ने बाहेक घटना स्थल नजिकका कसैसंग सम्पर्क नभएकोले बाहिर आएका बिवरण बारे थप प्रतिक्रिया नदिने केसीले बताए।

 

प्रकाशित: २ श्रावण २०७३ ०९:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App