७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्रीद्वारा भरतपुर लंकूमा मतदान

चितवन— प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा आज बिहान चितवन भरतपुर महानगरपालिका वडा नं. ४ मा रहेको लक्ष्मी मावि लंकूको केन्द्रमा मतदान गरेकाछन्। मतदानका लागि प्रधानमन्त्री दाहाल र उनको परिवार शनिबार दिउँसो नै भरतपुर आएको हो।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दिपक थापाका अनुसार प्रधानमन्त्रीले बिहान सात बजे नै मतदान गरेका हुन्।

भरतपुरमा प्रधानमन्त्री दाहालकी छोरी रेणु दाहाल नेकपा (माओवादी केन्द्र)का तर्फबाट मेयर पदमा उम्मेद्वार रहेकी छन्। उनलाई नेपाली काँग्रेसको समर्थन छ । चितवनमा सातवटा स्थानीय तह छन्। जिल्लामा कुल मतदाता संख्या तीन लाख १३ हजार छ । सवैभन्दा धेरै मतदाता भरतपुर महानगरमा एक लाख ५२ हजार रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

मतादानको दिन सवेरैदेखि मतादाताहरु लामवद्ध हुन सुरु गरेका छन् । बिहान उज्यालो हुँने बित्तिकै मतदाताहरु मतदान केन्द्रमा भेला भइसकेका छन्। मतदान बिहान सात बजेबाट सुरु भएर साँझ पाँच बजेसम्म जारी रहने छ। चितवनको आकासमा बादल देखिएको छ र हल्का पानी पनि परेको छ। मतदाताहरु छाता ओढेर केन्द्रमा आएका छन्।
जिल्लामा १६१ मतदान स्थल छन् । जसमा ३७६ मतदान केन्द्रहरु रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ।

प्रकाशित: ३१ वैशाख २०७४ ०१:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App