coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

दूतावासको सूचना दिन पत्रकार महासंघ युएईको आग्रह

युएई- नेपाल पत्रकार महासंघ युएई शाखाले नेपाली दूतावास युएईबाट आधाकीरीक सूचना  सरल र सहज रुपमा  पाउनु पर्ने माग राख्दै युएईमा कार्यरत क्रियाशिल पत्रकारहरुको विवरण बुझाएको छ। 

शुक्रबार नेपाल पत्रकार महासंघ युएई शाखा र नेपाली दूतावास युएईबीच भएको अन्तर्किया कार्यक्रममा महासंघले युएईमा कार्यरत विभिन्न संचारमाध्यमहरुमा आवद्ध २३ जना पत्रकारहरुको विवरण युएईका कार्यवाहक राजदूत नेत्र बाहादुर टन्डनलाई बुझाएको हो।

प्रदेशमा रहेर आफ्नो कामसंगै विभिन्न सञ्चारमाध्यम मार्फत कलम चलाउँदै आएका पत्रकारहरुलाई नेपाली दूतावास युएईले सूचना सहज रुपमा दिनुपर्ने महासंघले माग राख्दै आएको थियो।

कार्यक्रममा नेपाली दूतावास युएई र युएईमा क्रियाशिल नेपाली पत्रकारहरुबीचको सम्बन्ध, दूतावासका आधिकारिक सूचनाहरुको संचार गर्न पाउनु पर्ने र युएईमा क्रियाशिल नेपाली पत्रकारहरुको विवरण दुतावासमा फाइल गर्नु पर्ने विषयमा छलफल भएको थियो।

त्यस्तै नेपाल पत्रकार महासंघ युएई शाखासंग नेपाली दुतावास युएईको अपेक्षा र युएईमा हुने  नेपालीहरुको समस्याको न्युनिकरण र समाधान लगाएतका विविध विषयमा समेत महासंघले दुतावाससंग छलफल गरेको छ।

प्रदेशमा हुने नेपाली गतिविधि र दुतावाससंग सम्बन्धित सूचाना सम्प्रेशण गर्दा सत्य तत्थ्यमा आधारित आधिकारीक सूचना मात्र प्रसारण गर्न टन्डनले आग्रह गरे। उनले दूतावासको आधिकारीक सूचना तथा संचारको लागि द्वितीय सचिव कृष्ण अर्याललाई नियुक्त गरिएको भन्दै दूतावासका सबै आधिकारी सूचना लिन अर्यालसंग सम्पर्क गर्न समेत आग्रह गरे।

कार्यक्रममा नेपाली दूतावासको तर्फबाट कार्यवाहक राजदूत नेत्रबहादुर टन्डन र द्वितीय सचिव कृष्ण अर्याल त्यस्तै नेपाल पत्रकार महासंघ युएई शाखाको तर्फबाट अध्यक्ष त्रिलोचन कोईराला, महासचिव लक्ष्मण खनाल, केन्द्रिय प्रतिनिधिहरु एकेन्द्र थापा, भुपराज बस्याल, कोषाध्यक्ष मेघराज सापकोटा, सहसचिव हरि नेपाली लगाएत अन्य पत्रकारहरुको उपस्थिति रहरेको थियो।

 

 

 

प्रकाशित: २ श्रावण २०७३ ०९:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App