७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकार पञ्चायतभन्दा बढी निर्लज्ज भयो: अध्यक्ष ओली

पत्रकार सम्मेलनमा अध्यक्ष ओली लगायत नेताहरु। तस्बिर: दिनेश गोले

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आचारसंहिता विपरित काम गरिरहेको आरोप लगाएका छन्। पार्टी मुख्यालय धुम्वाराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले सरकारले आचारसंहिता विपरित रकम बाँड्ने, सरकारमा रहेका दलहरुले सरकारी पहुँच दुरुपयोग गर्ने काम गरिरहेको बताए। उनले यस्ता काम काम रोक्न निर्वाचन आयोगलाई आनुरोध गरे। सरकारले राज्य आतंक मच्चाउन खोजेको ओलीको आरोप छ।

सरकारमा रहेका दलहरुबाटै नेकपा एमालेका कार्यकर्ताहरुलाई लक्षित गरेर आक्रमण भएकोमा ओलीले आपत्ति प्रकट गरे।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष  र धाँधलिरहित हुन नदिने प्रयास भैरहेको भन्दै लोकतन्त्रको लागि यस्ता क्रियाकलाप घातक हुने ओलीले बताए।

राज्य ग्रहै जिम्मेवार, एकलकाटे र संवेदनहिन हुन नमिल्ने भन्दै यस्ता क्रियाकलाप नगर्न भने।  

निर्वाचको समयमा रकामान्तर गर्ने, पीडितलाई पैसा वितरण, ठेक्का पट्टाका लाइसन्स वितरण गर्न कुन आचारसिंहताले दिन्छ भन्दै प्रश्न गरे। सत्तामा रहेका दलहरुले पैसाले मत खरिद गर्न खोजेको आरोप लगाए। मन्त्रीहरुले पैसा बाँडेर मत प्रभावित गर्न खोजेको आरोप लगाए।

निर्वाचनको समयमा भएका विस्फोटहरु प्रति शंका व्यक्त गर्दै प्रश्न गरे ‘यी सब कसले गराएको छ? यसमा साँठगाँठ कसको छ?’

निर्वाचकै बीचमा ११ जिल्लामा स्थानीय तहको संख्या बढाउन खोजिएकोमा ओलीले आपत्ति प्रकट गरे। ‘यो पञ्चायतको भन्दा पनि बढी निर्लज्जता भयो’, उनले भने, ‘निर्वाचन घोषणा भएपछि पञ्चायतमा पनि यस्तो हुँदैनथ्यो।’ ‘दोस्रो चरणमा कति स्थानमा निर्वाचन आयोगले निर्वाचन गर्दैछ ?’ ओलीको प्रश्न थियो।

सत्ता पक्षाले राष्ट्रिय जनाता पार्टी (राजपा) देखाएर यसो गरे मान्दैन उसो गरे मान्दैन भन्नु गलत भएको ओलीको भनाई थियो। राजपाले धाँधली गरे मात्र मान्ने भनेर कहाँ भनेको छ? भन्दै उनले प्रशन गरे। राजपाका मागबारे छलफल गर्न सकिने ओलीको भनाई थियो। सबै कुरामा राजपालाई दोष दिएर सरकार उम्कन नपाउने उनले बताए।

प्रकाशित: ३० वैशाख २०७४ ११:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App