८ वैशाख २०८१ शनिबार
राजनीति

चुनाव विथोल्न चाहानेहरुको दिवा सपना पूरा हुँदैन: गृह सचिव

काठमाडौं- गृहसचिव लोकदर्शन रेग्मीले भोलि हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको र मतदाताहरुको सम्पूर्ण सुरक्षाको प्रत्याभुति गरेको बताएका छन्।

शनिबार रिपोर्टर्स क्लबमा बोल्दै रेग्मीले भने,‘सरकारले सुरक्षाको सम्पूर्ण प्रत्याभुति गरिसकेको छ, हामीले यो चुनावको लागि तीन तहको बलियो घेरामा सुरक्षाको प्रबन्ध मिलाएका छौं, कुनैपनि अप्रिय घट्ना नहोस् भनेर गृह प्रशासन निकै गम्भिरताका साथ रातदिन नभनी काम गरिरहेको छ।’

सचिव रेग्मीले निर्वाचन लक्षित गरेर केन्द्रिय, क्षेत्रिय र स्थानीय सुरक्षा योजना अन्तर्गत नै गृह प्रशासनले काम गरिरहेको उल्लेख गर्दै भने,‘तीन घेरामा सुरक्षा निकायहरुलाई घटाईनेछ, पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र राष्ट्रिय अनुशन्धानलाई राखिएको छ भने टाढा बसेर सुरक्षाको निगरानीमा नेपाली सेनालाई राखिनेछ।’ उनले देशैभरि नै सरकारले बलियो सुरक्षा कबजभित्र राखेको स्पष्ट समेत पारे।

उनले निर्वाचनको लागि नै सरकारले यो मतदान स्थल, मतदान केन्द्रमा पनि विभिन्न क्लष्टर बनाएको जानकारी दिए ।

उनले निर्वाचन विथोल्ने भनेर चेतावनी दिएपछि गृह प्रशासनले यसबारेमा व्यापक निगरानी बढाएर विभिन्न कारवाही बढाएपछि अहिले त्यस्ता घट्नाक्रमहरु पनि न्युन देखिएको स्पष्ट पारे। उनले भने,‘निर्वाचन विथोल्ने अनुमान देखिएपछि हामीले यसमा व्यापक निगरानी बढाएका थियौं, अहिले त्यस्तै घट्नाहरु अत्यन्तै न्यून देखिएका छन्।’ यद्धपी उनले यो बीचमा राजनीतिक मुठभेडका कारण दोलखामा दुःखद् घट्ना घटेकोमा भने दुःख व्यक्त गरे।

उनले भने,‘यो निर्वाचन महायज्ञ हो, भोट हाल्नको लागि सबै सरिक हुनुपर्छ, हाम्रो आग्रह छ, निर्वाचन विथाल्ने सोच्नुभएको छ भने यो भ्रम त्याग्नुहोस्।’ उनले निर्वाचन विथोल्न खोज्नेहरुलाई र यस्ता गतिविधिमा संलग्न भएकाहरुलाई सरकारले कारबाही गरिरहेको समेत स्पष्ट पारे । उनले भने,‘निर्वाचन विथाल्नेहरुलाई सरकारले कारबाही गरिसकेको छ, फेरि पनि विथोल्न खोज्नेहरुलाई हामी कडाभन्दा कडा कारबाही गर्छौं, उनीहरुलाई हामी हदैसम्मको कारबाही गर्छौं, त्यसैले दिवा सपना नदेखे हुन्छ।’

प्रकाशित: ३० वैशाख २०७४ ०९:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App