coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

रोडम्याप क्लाइमेट च्यालेन्जको अन्तिम छनोटमा कोपीटापु प्रोजेक्ट

न्यूयोर्क – नेपालको वातावरणीय परिवर्तनको चुनौती र जोगिने उपायका बारेमा नेपालको पुर्वी क्षेत्रमा विगत चार बर्षदेखि काम गर्दै आएको संस्था केटिके बेल्ट(कोसीटप्पु वायोडाईभसिटी एजुकेसन लाईभ्लीहुड टेरा स्टुडियो) अर्थ डे रोडम्याप क्लाइमेट च्यालेन्ज नामक प्रतियोगिताको अन्तिम छनोटमा परेको छ ।
विश्वव्यापी रुपमा वातावरणीय परिवर्तनमा काम गर्ने संस्थाहरुलाई आव्हान गरिएको सो प्रतियोगितामा विश्वभरबाट अन्तिम ६० वटा संस्थाहरुले प्रतिस्पर्धामा विजय हुने संस्थाले एक लाख अमेरिकी डलर अर्थात एक करोड नेपाली रुपैंया जित्नेछ । पुरस्कार जित्न केटिके बेल्टले च्यारिटी आयोजना गर्न लागेको जानकारी केटिके बेल्टका राजीव गोयलले बताए ।
‘अन्तिम छनोटमा परेको संस्थाहरुमध्ये जसले धेरै रकम उठाउँछ । त्यसमा रोडम्यापले एक लाख डलर थपिदिने नियम रहेको छ,’ राजीव गोयलले भने,‘शुक्रबारसम्म केटीके बेल्टका लागि ६७ हजार डलर रकम उठी सकेको छ । हामीले रकम उठाउन मे १७ मा अमेरिकाको लंगआईल्याण्डमा च्यारिटी कार्यक्रमको आयोजना गर्दैछ ।’ सोही कार्यक्रममा डिजे रन्जन झा, रोहितजंग क्षेत्री र हेमन्त रानाले च्यारिटी कार्यक्रममा सांगितिक प्रस्तुती दिदैंछन् ।
शिक्षा, जीवन यापन र संरक्षणलाई मुल मन्त्र मानेर काम गर्नका लागि स्थापित सो बेल्टको आधारबाट भर्टिकल यूनिभर्सिटी स्थापना गरी सुनसरीको यांसिलामा विभिन्न क्षेत्रमा काम गर्दै आएको छ ।  गोयलका अनुसार पुरस्कार जितेमा नेपालका १० जना युवालाई फेलोसिप दिने, चुरेको साँख बचाउन, कोसी टप्पुमा चरा संरक्षरण केन्द्र, र धनकुटामा अधययन केन्द्र स्थापना गर्ने लगायत योजना रहेको बताए ।

 

प्रकाशित: ३० वैशाख २०७४ ०८:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App