८ वैशाख २०८१ शनिबार
अन्य

तीन कविता : कविताको ब्लडग्रुप टेस्ट

रेखा सुवेदी

 

मञ्चमा उभिएर जब सुनाउ“छु म आफ्नो कविता
आइमाईहरू जगल्टाउँछन् आफ्नै कपाल
र, नानीहरूका खेलौनाले हिर्काउ“छन् मलाई
लोग्नेमान्छेहरू भुस्याहझै“ खुट्टा उचाल्छन् 
र, पिसाब फेर्छन् मेरो कवितामाथि
बृद्धबृद्धाहरू फोड्छन् आफ्नै छातीका करङ
पागलहरू क्रान्ति गर्न
कवितामाथि बजार्छन् बुट ।

शताब्दीका महत्वपूर्ण मोडहरूमा
किन ऐँठन पार्छ आफ्नै कविताले मलाई ?
किन निर्वस्त्र पार्छ आफ्नै कविताले मलाई ?

प्रत्येक हरफसँगै
मध्यचोकका सालिकहरू हिँड्न थाल्छन्
इतिहास फरफराउँछ र अट्टहास गर्छ 
मेरै कवितामाथि ।

जब सुनाउन थाल्छु कविता
नदीहरू विद्रोह गर्दै
उभैँ पाखातिर फर्काउँछन् पानी
किशोर–किशोरीहरू मुर्मुरिन्छन्
र, हिमालतर्फ फर्काउने शपथ खान्छन् जवानी ।

सालीन यी शब्दहरू
मेरै शब्दकोशको नाकामा धर्ना कसेर
मेरै घा“टी अँठ्याउँछन् किन ?
शब्दकोशको काखमा बसेर
प्रहार गर्दै लाठी, भाला
मेरो देशको अंगभंग गर्छन् किन ?

मलाई संशय छ अब
आफ्नै कविताको भाव र सामथ्र्यमाथि
युगौ“पछिको यो मोडमा
मेरो कविताको फणामा धसेर सिरिन्ज
निकाल्छु चिसो रगत
र कविताको ब्लडटेस्ट गर्छु ।

रिपोर्टमा देखिने छ
मेरो कविताको ब्लडग्रुप
मस“ग होइन, छिमेकीसँग मिलेको छ । 
          


शिशाको घर
                                            
यसमा
शिशाकै भित्ताहरू छन्
शिशाकै खम्बाहरू छन्
छानो पनि शिशाकै छ
अब झ्याल–ढोकाको त के कुरा
घरभित्र जेजे छन्– पारदर्शी छन् ।

मेरो छिमेकी छ
जो स“धै यतै हेरिरहन्छ
उसका पनि शिशाकै आँखाहरू छन्
टाढालाई नजिक र नजिकलाई टाढा देख्ने
ठूलोलाई सानो र सानोलाई ठूलो देख्ने
ऊ निर्मिमेष यतै हेरिरहन्छ
मेरै शिशाको घर हेरिरहन्छ ।


ऊ ‘तँ फुच्चे छस्’ भन्छ
काखमा बसाउ“दै लोरी गाउ“छ
उसको कर्कश ध्वनिले मेरा भित्ताहरू चर्काउ“छ
ऊ अँगालो मार्छ र ‘दोस्त’ भन्छ
यसरी बाँध्छ अँगालोमा कि
घरका खम्बाहरू कुइँकुइँ पार्छ ।

मेरो छिमेकी यतै हेरिरहन्छ
जब म घरमा उज्यालो जलाउ“छु
ऊ आत्तिन्छ
आँगनमै आइपुग्छ र चिच्याउँदै
‘तेरो घर आगलागी भो
पानी हाल्’ भन्छ
आफ्नो घरको भन्दा मेरो घरको बढी चिन्ता गर्छ
खोजखबर गर्छ ।

म छु घरभित्र
ऊ बाहिरैबाट मेरो मुटु चलेको देख्छ
‘तेरो मुटु मेरो पेट्रोलले चलाएको छ’ भन्छ
तेरो फोक्सोमा 
‘मेरो देशको ग्याँस भरिएको छ’ भन्छ
शिशावाल आँखा भएको मेरो छिमेकी 
अचेल
‘तेरो घर भत्कियो, नया“ बनाइदिन्छु’ भन्दै
सीमापार गराउ“दै छ असंख्य मालबाहक ट्रक 
उसले लोड गरेको छ
क्विन्टलका क्विन्टल लाहा ।

मेरो छिमेकी
जसले लगाएको छ
उसको मनजस्तै सफेद पोशाक
ऊ रित्तो छ, रित्तो छ, रित्तो छ
तर, उसको गोजीमा
बस्
एक का“टी सलाई छ ।

 
म जन्मिएकी थिएँ भने                                                                                                                                                         

पाठेघरबाट एबर्सन गराएपछि 
पटकपटक खन्यायौ मलाई 
कुरू मस्तिष्कको पेगमा
ए पुरुषसत्ता, पिएर मलाई
निभ्यो कि तिम्रो अचेतनाको डढेलो ?

म जन्मिएकी थिएँ भने 
काक्रोमै छँदा
आफन्तकै गोप्य अंग फरफराइरहन्थ्यो
र, एकदिन बालखा जामा
धुजाधुजा च्यातिन सक्थ्यो
मैले गण्डकी बग्नुपथ्र्यो रगतको
मुख छोपेर सुँक्सुँक् मात्र
गरिरहन सक्ने थिइन् मेरी आमा ।

दाइजोको नाममा
म लखनदेवी
मेरो अनुहारमा छ्यापिन सक्थ्यो तेजाब
अथवा, ह्वारह्वार जल्नुपथ्र्यो मैले
त्यसैको तेजमा कानुन मुस्कुराइरहनेथ्यो ।

म मैना सुनुवार हुन सक्ने थिएँ
मैले बलात्कृत भएर मारिनुपथ्र्यो
र, दोषीहरू मुक्त गीत गाउ“दै 
बाटैबाटो हिँड्ने थिए ।

म जन्मिएकी थिएँ भने
आफ्नै लोग्नेले अनाहक 
मेरो हा“सोमा दोष लाउने थियो
र, दन्तलहरबाट हराउने थियो 
अचानक ध्रुवतारा
मलाई अझ सुन्दरी बनाउन 
जिउभरि 
ट्याटु छापिँदै बिलाउँदै गर्नेथे
तर, समय निदाएको नाटक गरेर सुत्ने थियो ।

कहिले बाँझी हुनुपर्नेथ्यो
कहिले पागल्नी हुनुपर्नेथ्यो
कहिले बदिनी बन्नुपर्नेथ्यो
छोरा जन्माउने आशामा जीर्ण हुनुपर्नेथ्यो मैले ।

म डोल्मा
बर्सेनिका भाइ–बहिनी पाल्न
मैले मिर्गौला बेच्नुपर्नेथ्यो
बाउको हरेक सा“झ टार्न
कोठीमा बेचिनुपर्नेथ्यो
र पनि उड्दैनथ्यो गरिबीको चरो
छानाबाट अन्त ।

मेरा हड्डी छिप्पिन पाएनन्
हात–खुट्टा चल्न पाएनन्
आ“खा उघ्रिन पाएनन्
यदि मेरा हड्डी छिप्पिए भने 
हात–खुट्टा चले भने
आ“खा उघ्रिए भने
मेरो आँशुले टुकी बल्ने यो देशमा
म हड्डीका बन्दुक बोकेर दौडने छु
आ“खाका बारुदी बम विष्फोट गरेर
उडाउने छु आफ्नै पाठेघर ।

ए पुरुषसत्ता,
आफू जन्मिन गरेको तिम्रो वीर्यको डिजिटल भाषा
अब बुझ्ने छैन तिम्री डमीले । 

प्रकाशित: ३० वैशाख २०७४ ०७:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App