coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

हुवाइ पी नाइन : स्मार्टफोनबाटै उच्चस्तरको फोटोग्राफी

काठमाडौं–बहुप्रतिक्षित हुवाइ पी नाइन मोडलको मोबाइल सेट हुवाइले नेपाली बजारमा ल्याउँदैछ। लेइका कम्पनीको उच्चस्तरको स्मार्ट फोटोग्राफी प्रविधि भएको यो स्मार्टफोन ‘डुयल–लेन्स पी नाइन’ सेट छ। कम्पनीका अनुसार ‘लेइका क्यामरा एजी’ भएको यो पहिलो स्मार्ट मोबाइल फोन हो। दुई लेन्स भएको उक्त मोबाइलले फोटोग्राफीलाई उच्च गुणस्तर दिनेछ जसमा विविध कलर सहित ब्ल्याक एन्ड ह्वाइट फोटो प्रयोग गर्न पाइने छ।

यो स्मार्टफोनको क्यामेरालाई लिएर टेक्नोलोजी विश्लेषकहरुले 'पकेट डिएसएलअार'को संज्ञा दिएका छन्।

‘लेइकाको अतुलनीय फोटोग्राफी प्रविधि भएको ह्वावे पी नाइन बजारमा ल्याउँन पाउँदा हामी उत्साहित छौं,’ ह्वावे कन्जुमर बिजनेस ग्रुपका सिइओ रिचार्ड यु भन्छन्, ‘पी नाइनका उच्च लेइका प्रविधि भएको उच्चस्तरको डिजाइन, रिचनेस भएको पावरफुल स्मार्टफोन हो जसले अतुलनिय अनुभव दिलाउने छ।’

पी नाइन ह्वावे र लेइका दुई कम्पनीको उच्चस्तरको इन्जिनियरिङ डिजाइनबाट बनेको छ। यसले लेन्स, सेन्सर, फोटो प्रोसेसिङमा थप गुणस्तर ल्याउन सफल भएको कम्पनीले बताएको छ। कम प्रकाशमा पनि गुणस्तरीय फोटो खिच्न सघाउने छ।  यसलाई यसमा प्रयोग गरिएको डुयल लेन्सले सम्भव बनाएको छ। ‘लेइका र ह्वावेले उच्चस्तरको फोटोग्राफीको लागि सहकार्य गरेका छन्। संसारभरका उपभोक्ताका लागि यो सहकार्यले गुणस्तरीय सेवा दिनेमा म विश्वस्त छु,’ लेइका क्यामरा एजीका सिइओ ओलिभर काल्ट्नेरले भने, ‘हाम्रो गहिरो सहकार्य उपभोक्ताको अमूल्य स्मार्टफोन फोटोग्राफी अनुभवको लागि हो।’

३ जिबी र्‍याम र ३२ जिबी र्‍याम भएको यो मोबाइलमा १२८ जिबी मेमोरी कार्ड प्रयोग गर्न सकिनेछ। यसमा १२ एमपी लेइका डुयल क्यामरा, विएसआइ सिएमओएस सेन्सर, ८ एमपी, एफएफ क्यमरा र फोरजी डुयल हाइब्रिड सिम प्रयोग गर्न सकिने छ ।  

कम्पनीका अनुसार पी नाइन कम्पनीको पी सिरिज अन्तर्गतको एक आर्ट इन्डस्ट्रियल डिजाइन भएको ‘मास्टरपिस’ हो । यस डिजाइनको प्रत्येक सेट २.५ डी ग्लास, एरोस्पेस–क्लास अलुमिनम, डाइमन्ड–कट गोलो किनारा भएको सन्तुलित कर्भभेन्चर हो । ३२ जिबी भर्सन र सेराकी ह्वाइट भर्सनमा रहेको यस पी नाइनमा आ–आफ्नै विशेषता रहेका छन्।

उपभोक्ताले हुह्वाइबाट पी नाइन मोडलमा अपेक्षा अनुसार पावर, कनेक्टिभिटी, हाइ स्पिड प्रविधिले यो सजिएको कम्पनीले बताएको छ । यसमा ५.२ इन्च १०८० पि डिस्प्ले, ३००० मिलिएम्पियर आवर डेन्सिटी भएको ब्याट्री प्रयोग गरिएको छ । भर्चुअल–एन्टेना आर्किटेक्चर, रोबस्ट, सिमलेस कनेक्टिभिटी सेलुलर र मोबाइल इन्टरनेटको पूर्ण वाइफाइ नेटवर्क प्रयोग गर्न सकिने नयाँ प्रविधि सहितको पी नाइन मोबाइल सेट हो ।

व्यक्तिगत जानकारी र सूचनालाई यसमा प्रयोग गरिएको बायोमेट्रिक फिंगरप्रिन्ट प्रविधिले सुरक्षित राख्ने कम्पनीले बताएको छ । यसमा रहेको फिंगरप्रिन्ट सेन्सरले आफ्नो सेट चिन्न र हराएको अवस्थमा आफ्नो सेटको जानकारी लिन सकिने छ। शुक्रबार बजारमा आउन लागेको यो फोन विश्वका १ सय ७० भन्दा बढी देशमा उपलब्ध रहेको बताइएको छ।

 

प्रकाशित: २ श्रावण २०७३ ०९:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App