coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धादिङमा पेस्तोल र खुँडासहित ६ जना पक्राउ

धादिङ – धादिङको विभिन्न स्थानबाट पेस्तोल र खुँडा बोक्ने ६ जना पक्राउ परेका छन् । उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा नं ५ सत्यदेवीबाट पेस्तोल सहित दुई जना पक्राउ परेका छन् । 

शुक्रबार राती बा ७७ प १९६२ नम्बरको गाडीमा चेकजाँच गर्ने क्रममा पेस्तोल सहित छिरीङ तामाङ र जयबहादुर तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी दिपेन्द्र पञ्जियारले बताए । उनीहरुको साथबाट १ थान पेस्तोल, ३ राउण्ड गोली, १ वटा खुकुरी, ४१ हजार ७ सय नगद पनि बरामद गरिएको डिएसपी पञ्जियारले जानकारी दिए ।  

त्यस्तै त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ खोल्सीबाट खुडासहित ४ जना पक्राउ परेका छन् । त्रिपुरासुन्दरी ३ का प्रचित अधिकारी, नवीन थापा, प्रकाश थापा मगर र उत्तम अधिकारीलाई नेपाल प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
    
त्यस्तै थाक्रे गाउँपालिकाको महादेवबेसी, सिद्धलेक गाउँपालिकाको कालीदह र गजुरीको घाटबेसीमा संकास्पद बस्नु भेटिएपछि नेपाली सेनाले डिस्पोज गराएको छ । मतदाता तर्साउन बम जस्तै बनाएर राखिएको तर त्यो बम नभएको नेपाली सेनाले जनाएको छ ।
    

प्रकाशित: ३० वैशाख २०७४ ०५:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App