coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

युनाइटेड उपाधि नजिक

सेल्टा भिगो विरुद्ध गोल गरेपछि खुसीयाली मनाउँदै युनाइटेडका मारियो फेनानी । तस्बिर : एएफपी

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडले बिहीबार घरेलु मैदानमा सेल्टा भिगोसँग १–१ को बराबरी खेल्दै युरोपा लिगको फाइनलमा स्थान पक्का गरेको छ। 

अवे मैदानमा सेमिफाइनलको पहिलो लेग १–० को नतिजामा जितेका कारण जोजे माउरिन्होको टोलीलाई युरोपेली क्लब फुटबलमा दोस्रो श्रेणीको प्रतियोगिताको फाइनल पुग्न बिहीबार बराबरी पर्याप्त भयो । टोली समग्रमा २–१ को नतिजा निकाल्दै फाइनल पुगेको हो । 

प्रिमियर लिगको शीर्ष ४ मा रहेर अर्को सिजन सिधै च्याम्पियन्स लिग खेल्ने सम्भावना कमजोर बनेपछि युनाइटेड युरोपा लिग जित्दै च्याम्पियन्स लिगमा स्थान बनाउने अभियानमा छ

गत साता स्पेन भ्रमणमा मार्कुस रशफोर्डले गरेको अवे गोल युनाइटेडलाई फाइनल पुर्याउन महत्वपूर्ण रह्यो । माउरिन्होको युनाइटेडले अब उपाधिका लागि मे २४ मा स्टोकहोल्मको फ्रेन्ड्स एरिनामा डच टोली आयाक्ससँग प्रतिस्पर्धा गर्नेछ ।

‘हामी अन्तिमसम्म दबाबमा रह्यौं । अन्तिमसम्म पनि खेल अत्यन्तै प्रतिस्प्र्धात्मक थियो । नतिजा कुनै पनि टोलीको पक्षमा जान सक्थ्यो,’ युनाइटेडका प्रशिक्षक माउरिन्होले भने, ‘१४ खेलपछि हामी फाइनलमा प्रवेश गरका छौं । युरोपा लिगको उपाधि जित्यौं भने म आजभन्दा धेरै खुशी हुनेछु । त्यो क्षण अद्भुत हुनेछ ।’

प्रिमियर लिगको शीर्ष ४ मा रहेर अर्को सिजन सिधै च्याम्पियन्स लिग खेल्ने सम्भावना कमजोर बनेपछि युनाइटेड युरोपा लिग जित्दै च्याम्पियन्स लिगमा स्थान बनाउने अभियानमा छ । 

घरेलु ओल्ड ट्राफोर्ड मैदानमा मारौनी फेलानीले गोल गरेपछि युनाइटेड १७औं मिनेटमा समग्रमा २–० को अग्रता बनाउन सफल भएको थियो । उनले रसफोर्डको पासलाई पोस्टको दिशा दिएका थिए । 

८५औं मिनेटमा फाकुन्डो सेबास्टियन रोनकाग्लियाले थियो बोन्गोनडाको पासमा हेडबाट बराबरी गोल गर्दै सेल्टा भिगोलाई खेलमा फर्काउने प्रयास गरे । तर फाइनल पुग्ने सम्भावना जीवित राख्न सेल्टालाई त्यतिबेलासम्म ढिलो भइसकेको थियो । 

८८औं मिनेटमा एक आपसमा भिडेपछि युनाइटेडका इरिक बेली र सेल्टा भिगोका रोनकाग्लिया रातो कार्ड दर्शन गर्दै मैदानबाट बाहिरिएपछि दुवै टोलीले १० खेलाडीमा सीमित हुदै खेलको अन्त्य गरेका थिए ।

बिहीबारको जितले युनाइटेडको पहिलो पटक युरोपा लिगको उपाधि जित्दै आगामी सिजनको च्याम्पियन्स लिग खेल्ने लक्ष्यको आधार जोगाइराख्न सहयोग पुर्याएको छ । स्टकहोल्ममा अयाक्समाथि विजय हासिल गरे त्यो युनाइटेडका लागि जारी सिजनको दोस्रो उपाधि हुनेछ । टोलीले फेब्रुअरीमा लिग कपको उपाधि जितेको थियो । 

प्रकाशित: ३० वैशाख २०७४ ०३:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App