coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

म्याग्दीको ज्यामरुककोटमा सकेट बम विष्फोट

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको भकुण्डेमा गएराती १०.३० बजे ठूलो आवाज सहित सकेट बम विष्फोट भएको छ । अर्जुन मावि मतदान केन्द्र भन्दा अलि टाढा स्थानीयलाई त्रसित गराउने गरी दुई पटकसम्म विष्फोट भएको अर्जुनमावि मतदात केन्द्रमा खटिएका प्रहरीले समेत घटनाको पुष्टि गरेको छ । विष्फोट कसले कुन प्रयोजनका लागि गराएको भन्ने बारेमा पुष्टि नभएपनि निर्वाचनको खारेजीको माग गरिरहेको नेकपाको संलग्न रहेको हुनसक्ने अनुमान गरिएको छ । 

दुई पटकसम्म ठूलो आवाज सहित विष्फोट भएको र त्यसपछि कुनै किसिमका गतिविधिहरु नभएको बेनपा २ का वडाअध्यक्षका उम्मेदवार एवम् स्थानीयवासी कृष्णवहादुर कार्कीले बताए । ‘दुईपटक ठूलो आवाज आएको थियो, बमकै आवाज हो’ उनले भने । स्थानीय तहको निर्वाचनको दुईदिन अगाडि भएको बम  विष्फोटले भकुण्डेबासीलाई त्रसित बनाएको छ । यता जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचनाअधिकृत प्रहरी निरीक्षक दिवाकर घिमिरेले भने आधिकारिकरुपमा त्यस्तो जानकारी नभएको र बम विष्फोट भएको भन्नेकुरा पुष्टि नभएको बताए । 

यसैबीच बेनी नगरपालिका–९ घतानमा नेपाली कांग्रेस र नेकपा एमाले सर्मथित युवाबीच झडप भएको छ । शुक्रबार राती करिव ११ बजे भएको झडप लगत्तै एक सहकारी, दुईवटा मोटरसाईकल, नेपाली कांग्रेसको वडा सम्पर्क कार्यालय तोडफोड गरिएको छ । घटनामा कांग्रेस र एमालेले एक अर्कालाई दोषी देखाएका छन् । घटनास्थलबाट कांग्रेस सर्मथितसँग रहेको एउटा हतियार समेत फेला परेको छ  भने एमाले समर्थितले आतंक मच्चाएको कांग्रेसको आरोप छ । घटनास्थलमा प्रहरी पुगेको छ । 

प्रकाशित: ३० वैशाख २०७४ ०३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App