७ वैशाख २०८१ शुक्रबार
समाज

मुक्तिनाथ दर्शन गरेर फर्किएका भारतीय नागरिक बेपत्ता

म्याग्दी- म्याग्दीका दाना गाविस –१ को बाँदरजुङमा  एक भारतीय नागरिक बेपत्ता भएका छन्। प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शन गरेर फर्किएका भारतको असाम राज्यका सरस्वती क्षत्रीको भीरबाट आएको ढुंगा लागेर बेपत्ता भएको म्याग्दी जिप तथा बस सञ्चालक समितिका उपाध्यक्ष मोहन केसीले बताए। ‘खोजीकार्य भइरहेको छ',  उनले भने।

मुस्ताङको दर्शन गरेर फर्किने क्रममा लगातारको बर्षाले अवरुद्ध भएको सडकमा जीप रोकिएपछि बेपत्ता भएकी क्षत्री सहित ४ जना पैदलयात्रा गरी सडक पार गर्ने  क्रममा माथीबाट आएको ढुंगाले लागेपछि बेपत्ता भएको परिवारका अन्य सदस्यलाई उद्धित गर्दै केसीले बताए।

बेनी–जोमसोम सडकखण्ड अन्तर्गत बाँदरजुङ आसपासका क्षेत्र १२ महिना जोखिम मानिन्छ। नियमित झर्ने झरना सहित पानीसंगैको बर्षाले सडकमा आवताजावत गर्न समेत समस्या हुने गरेको छ।  बेपत्ता क्षत्रीको खोजीकार्यमा बर्षाले समेत समस्या भइरहेको छ। मुस्ताङको लेते गाविसस्थित नेपाली सेना, प्रहरीका साथै दाना गाविसस्थित दाना प्रहरी चौकीका प्रहरीलाई समेत अनुरोध गरिएको छ।

प्रकाशित: २ श्रावण २०७३ ०९:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App