८ वैशाख २०८१ शनिबार
राजनीति

उदयपुर जिल्ला अस्पतालमा एपेन्डिक्सको सफल अप्रेसन

उदयपुर- उदयपुरमा पहिलोपटक एपेन्डिक्सको सफल सल्यक्रिया भएको छ। जिल्ला अस्पताल उदयपुरका मेडिकल सुपरिटेण्डेन्टसमेत रहेका डा. फनिन्द्र बराल नेतृत्वको चिकित्सक टोलीले शुक्रबार बिहान एपेन्डिक्सको सफल अप्रेसन गरेको हो।

चिकित्सक टोलीले त्रियुगा नगरपालिका ४ बगाहाकी ४६ वर्षीया भिमकुमारी मगरको ४० मिनेट लगाएर सफल अप्रेसन गरेको डा. बरालले बताए।

डा. बरालले तीनदिनअघि मात्र पत्रकार सम्मेलन गरेर उदयपुर अस्पतालमा एपेण्डिसाईटिसहित ४ खालका बिरामीको अप्रेसन गर्न सकिने जानकारी दिएका थिए। उनले हाईड्रोसिल, हर्निया र ऐँजेरुको अप्रेसन गर्न सक्ने चिकित्सक टोली सक्षम रहेको बताएका थिए।

अप्रेसन सफल भएपछि आराममा रहेकी मगरले आफ्नै जिल्लामा उपचार भएकोमा खुसी लागेको बताईन्।

प्रकाशित: २९ वैशाख २०७४ १२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App