coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्यूठानमा प्रहरी र स्थानीयबीच झडप

प्यूठान- प्रहरी हिरासतमा रहस्यमय रुपमा एक ब्यक्तिको मृत्यु भएको विषयलाई लिएर भिंगृमा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ। बिहीवार राती स्वर्गद्वारी नगरपालिका वडा नं. ५ सारी निवासी भुपेन्द्र गिरी इलाका प्रहरी कार्यालय भिंगृको शौचालयमा मृत अवस्थामा भेटिएका थिए।

गएराती करिब १ बजेको समयमा शौचालयमा गएको प्रहरीले जनाएको छ। धेरैबेरसम्म नआएपछि उनलाई खोज्न गएका बेला गिरी शौचालयमा मृत भेटिएको भन्ने प्रहरीले जनाएको छ ।  अन्दाजी २९ वर्षिय गिरीको प्रहरी चौकीमै झुण्डिएर मृत्यु भएको विषय रहस्यमय भएको मृतकका आफन्तले बताएका छन्। गिरी घर झगडामा अनुसन्धान गर्न भनि ल्याइएका ब्यक्ति शौचालयमा मृत भेटिनु यो घटना रहस्यमय बनेको स्थानीयवासीले बताए।

प्रहरीले भने यो घटनालाई गिरी आफैले आत्महत्या गरेको जनाएको छ। तर आफन्तले स्विकारेका छैनन्। उनीहरुले यो घटनालाई सुनियोजित रुपमा हत्या भएको जनाएका छन्। यही विषयलाई लिएर स्थानीयले रोल्पा–प्यूठान सडक खण्ड बिहानैदेखि बन्द गराएका छन् । दिउँसोसम्म प्रहरीले बास्तविकता दिन नसकेको भन्दै स्थानीय र पीडित पक्षले इलाका प्रहरी कार्यालयमा ढुङ्गा प्रहार गरेका थिए।

स्थानीयको ढुङ्गा प्रहारबाट चौकीको भवनको झ्या ढोकाका सिसा फुटेका छन्। आक्रोसित आफन्तका परिवारले चौकी तोडफोडको प्रयास गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनालाई साम्य बनाउन २ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । स्थानीय र प्रहरी बिचको झडपमा २ जना घाइते भएका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा प्राथमिक उपचार भइरहेको छ ।

प्रकाशित: २९ वैशाख २०७४ १०:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App