८ वैशाख २०८१ शनिबार
समाज

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, एक घाइते

हुम्ला – सिमीकोट–चिसामूल हुँदै लाङ्नाबाट ढुङ्गा बोकेर आएको ट्र्याक्टर सदरमुकाम सिमीकोट ल्याउने क्रममा बिहीबार साँझ भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

कामको खोजीमा हुम्ला आउँदै गरेका बाजुरा गोत्री वडा नं ३ बस्ने ३२ वर्षीय जगत परियारको मृत्यु भएको छ भने सोही वडा बस्ने घाइते प्रेम दमैको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ । 

प्रहरीले ट्र्याक्टर नियन्त्रणमा लिएको छ । फरार चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक कमलप्रसाद नेपालले जानकारी दिए । रासस 

प्रकाशित: २९ वैशाख २०७४ ०९:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App