८ वैशाख २०८१ शनिबार
समाज

कांग्रेसका उम्मेद्वार श्रेष्ठको मृत्यु

पाल्पा – नेपाली कांग्रेस तानसेन नगरपालिका वडा नं. ४ का वडा अध्यक्षका उम्मेदवार राजेन्द्र श्रेष्ठको मृत्यु भएको छ । पाल्पा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष समेत रहेका श्रेष्ठको शुक्रबार बिहान हृदयघातका कारण मृत्यु भएको हो ।

बुटवलको आफ्नै घरमा रहेका ४६ वर्षीय राजेन्द्र श्रेष्ठलाई मुटुको समस्या देखिएपछि परिवारले अस्पताल पुर्याएका थिए । उपचारको लागि गौतमबुद्ध सामुदायिक अस्पताल बुटवलमा पुर्याइएका श्रेष्ठको बिहान साढे सात बजे हृदयघात भएपछि मृत्यु भएको परिवार स्रोतले बताएको छ । श्रेष्ठले बिहीबारमात्र तानसेन नगरपालिका–४ को वडा अध्यक्षमा टिकट पाउने निश्चित भएको थियो । तानसेन नगरको मेयरका आकांक्षी समेत रहेका उनलाई वडाको अध्यक्षको उम्मेदवार बनाउने निर्णय नेपाली कांग्रेसले गरेको थियो ।

पाल्पा उद्योग वाणिज्य संघमा तीन वर्ष उद्योग उपाध्यक्ष रहेका श्रेष्ठ फेरि पनि संघ तीन वर्षे कार्यकालका लागि निर्विरोध उपाध्यक्ष भएका थिए । होटल तथा निर्माण व्यावसायी श्रेष्ठ पछिल्लो समय राजनीतिमा बढी सक्रिय हुँदै आएका व्यक्ति हुन् । उनी नेपाली कांग्रेसका जिल्ला सदस्य हुन् । तानसेन–४ विशालबजार निवासी श्रेष्ठको पार्थिव शरीर तानसेन ल्याएर श्रद्धाञ्जली प्रदान गरिएको वाणिज्य संघका अध्यक्ष मोहन श्रेष्ठले बताएका छन् । उनी राजु नामले परिचित थिए । 

प्रकाशित: २९ वैशाख २०७४ ०९:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App