७ वैशाख २०८१ शुक्रबार
समाज

घरेलु हतियारसहित उम्मेदवारका छोरा पक्राउ

नुवाकोट – नेकपा मोआवादी केन्द्रको तर्फबाट तार्केश्वर गाउँपालिकाको उपाध्यक्षका लागि प्रत्यासी कमलाकुमारी तामाङको छोरासहित दुई जनालाई प्रहरीले घरेलु हतियारसहित पक्राउ गरेको छ । 

माओवादी केन्द्रबाट उपाध्यक्षकी उम्मेदवार तामाङको छोरा शमशेर तामाङ र सहयोगी राजेन्द्र तामाङलाई एक थान खुकुरी र तीन थान फलामको रडसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी देवबहादुर बोहराले जानकारी दिए। 

तामाङद्वयले प्रचार अभियान पछि घर फकर्दै गरेका सो गाउँपालिकाका नेपाली काँग्रेसका कार्यकर्तालाई हतियार देखाउँदै धम्क्याएकाले नियन्त्रणमा लिएर तारुका प्रहरी चौकीमा राखी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । रासस 

प्रकाशित: २९ वैशाख २०७४ ०८:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App