८ वैशाख २०८१ शनिबार
समाज

करेन्ट लागेर पाँच वर्षीया बालिकाको  मृत्यु

सुरुङ्गा – करेन्ट लागेर झापाको कमल गाउँपालिकामा बिहीबार एक बालिकाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कमल गाउँपालिका–६ निवासी पाँच वर्षीया बालिका जिया बाँस्कोटा रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बालिकालाई दिउँसो ४ः३० बजे करेन्ट लागेको इलाका प्रहरी कार्यालय, दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए। 

घरमा कोही नभएको समयमा बालिकालाई करेन्ट लागेको बताइएको छ । करेन्ट लागेर घाइते बनेकी उनलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लगिएको थियो । बालिकाको अस्पताल पुर्याएलगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस 

प्रकाशित: २९ वैशाख २०७४ ०६:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App