बस पल्टिँदा चालकको मृत्यु, आठजना घाइते

शुक्रबार, २९ बैशाख २०७४, ११ : ४६ नागरिक

दमौली – तनहुँको व्यास नगरपालिका–२ वुल्दीको पुलनजिकै बिहीबार राति एउटा रात्रि बस दुर्घटना हुँदा बस चालकको मृत्यु भएको छ । दुर्घटनामा परी आठजना यात्रु घाइते भएका छन् । 

मृत्यु हुनेमा बसका चालक महोत्तरी जिल्ला बर्दिवास बस्ने ३५ वर्षीय रामहरि काफ्ले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका चालक काफ्लेलाई दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको थियो । उपचारका क्रममा उनको राति सवा ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी गम्भीर घाइते हुने शुक्लागण्डकी नपा–४ का ३० वर्षीय छिरिङ घलेलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको र अन्य सामान्य अवस्थाका घाइतेको दमौलीको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । 

म्याग्दीको बेनीबाट काठमाडौँ जाँदै गरेको वा ३ ख ९६२६ नंको बस दुर्घटनामा परेको हो । तीव्रगतिमा गुडेका कारण सो बस अनियन्त्रित भई बायाँ साइडको भित्तामा ठोक्किएर सडकमा पल्टिन पुगेको प्रहरीले जनाएको छ । 







यसमा तपाईको मत

अन्य समाचार

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

‘टिभिएस दसैंको दौड’मा सहभागी हुने मौका खुल्यो

‘टिभिएस दसैंको दौड’मा सहभागी हुने मौका खुल्यो

नेपालका लागि टिभिएस टू–ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आरम्भ गरेको उपभोक्तामुखी प्रवर्द्धन योजना टिभिएस दसैंको दौडले सबैलाई दौडमा निःशुल्क...

Ncell Footer Ad