७ वैशाख २०८१ शुक्रबार
समाज

सगरमाथा अञ्चल यातायात कार्यालयमा बम विस्फोट

लहान— लहानस्थित सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालयमा बिहिबार बम विस्फोट भएको छ। दिउँसो करिब १२ बजे कार्यालयको पहिलोतल्लामा रहेको सार्वजनिक शौचालयमा भएको बम विस्फोटबाट कार्यालयको  झ्यालका सिसाहरु फुटेका छन्। शौचालयसँगैको कार्यालय प्रमुख कक्ष र प्राविधक कक्षको भित्ता चर्किएका छन्।

‘सेवाग्राहीको धेरै भिंडभाड हुने यो कार्यालयमा बिहिबार खासै भिड थिएन। कर्मचारीहरु आ–आफ्नै कक्षमा काम गरिरहेका बेला बिस्फोटनको ठूलो आवाजले कार्यालय भवन थर्किदा होसै उड्यो’, कार्यालय प्रमूख ओमकारप्रसाद न्यौपानेले नागरिकन्युजसँग भने ।’

ईलाका प्रहरी कार्यालय लहानका प्रमूह डिएसपी हिराबहादुर पाण्डेले शक्तिशाली प्रेसर कुकर बम विस्फोट गराइएको बताए। कार्यालयको पहिलो तल्लाको शौचालयमा कसरी र कसले बम राख्यो ? कार्यालयको सिसि क्यामेरामा कैद दृश्यको सहारामा  अनुसन्धान भैहरको उनले बताए।

‘सेवाग्राहीको धेरै भिंडभाड हुने यो कार्यालयमा बिहिबार खासै भिड थिएन। कर्मचारीहरु आ–आफ्नै कक्षमा काम गरिरहेका बेला बिस्फोटनको ठूलो आवाजले कार्यालय भवन थर्किदा होसै उड्यो’, कार्यालय प्रमूख ओमकारप्रसाद न्यौपानेले नागरिकन्युजसँग भने ।’

कहिले कहीँबाट धम्की समेत नआइ एक्कासि बम बिस्फोट हुँदा आश्चर्यमा परेको उनले बताए। विस्फोटनपछि सर्भरमा समस्या देखिएको दर्साउँदै सूचना टाँस गरी कार्यालयको सेवा बन्द गरिएको छ। बम विस्फोटको जिम्मेबारी कसैले लिएको छैन।

कार्यकर्ता भेटघाटका लागि लहानमा रहेका यातायात व्यवस्था राज्यमन्त्री सिताराम मेहतासँगै सांसद रामचन्द्र यादवले बिहीबार दिउँसो बम विस्फोटनस्थल अनुगमन गरेका छन्।

प्रकाशित: २८ वैशाख २०७४ १२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App