४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

राष्ट्रपति ट्रम्पद्वारा रुस र सिरिया बारे छलफल

वासिङटन – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वविदेश मन्त्री हेन्री किसिङगरसँग बुधबार रुस र सिरियासँगको सम्वन्धका बारेमा छलफल गरेका छन् । 

उनीसँगको भेटवार्तापछि राष्ट्रपति ट्रम्पले पत्रकारहरुलाई भने, “रुसको बारेमा र अन्य विभिन्न विषयमा हामीले छलफल गर्यौं ” 

“हामीले सिरियाका बारेमा पनि छलफल गर्यौं, मलाई लाग्छ, सिरियाका बारेमा हामीले सिरियालाई सम्मान गर्दै धेरै राम्रो गर्न गईरहेका छौं, वास्तममा यो सकारात्मक छ,” ट्रम्पले भने । राष्ट्रपति ट्रम्पले आफूहरु मर्ने र मार्ने अवस्थाको अन्त्य गर्न गइरहेको पनि बताए । 

पूर्व विदेश मन्त्री किसिङगर आफ्नो लामो समयदेखिको साथी र कूटनीतिक मामिलामा राम्रो दख्खल राख्ने कुटनीतिज्ञ भएको ट्रम्पले बताए । 

उनलाई भेटेपछि ट्रम्पले रुसका विदेश मन्त्री सेर्गेई लाभरोभसँग पनि राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसमा भेटवार्ता गरेका छन् ।

प्रकाशित: २८ वैशाख २०७४ ११:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App