८ वैशाख २०८१ शनिबार
समाज

मकै बारीमा मृत भेटिए केसी

खोटाङ–खोटाङको दिक्तेल नगरपालिका–१५ खाल्लेका ४५ वर्षीय खिला केसी मकै बारीमा मृत भेटिएका छन्। केसीको शव घर नजिकै मकै बारीमा हिलोमा भासिएको अवस्थामा आइतबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले बताए। प्रायजसो मादक पदार्थ सेवन गरेर हिँड्ने गरेका केसीको सोही कारणले मृत्यु भएको स्थानीयको अनुमान छ।

मकै बारीमा भासिएको अवस्थामा शव भेटिएकाले घटनाको विषयमा छानविन भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानकालागि प्रहरीको टोली घटनास्थल पुगेको छ।

यसैगरी खुकुरी प्रहारबाट दिक्तेल नगरपालिका बाम्राङमा कुबेर राई गम्भीर घाइते भएका छन्। शनिबार राति रबिन्द्र राई नाम गरेको व्यक्तिको खुकुरी प्रहारबाट कुबेर घाइते भएका हुन्। घाइतेको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने रबिन्द्र फरार रहेको प्रहरीले जनाएको छ। घटना बाम्राङमा भएपनि घाइते तथा खुकुरी प्रहार गर्नेको ठेगाना खुल्न सकेको छैन्।

 

प्रकाशित: २ श्रावण २०७३ ०५:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App