coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

यातायात व्यवस्था कार्यालय लहानमा बम विस्फोट

लहान –  अज्ञात समूहले बिहीबार दिउँसो सिरहाको लहानस्थित सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालयमा प्रेसर कुकर बम विस्फोट गराएको छ । 

दिउँसो १ बजेतिर ठूलो आवाजसहित भएको बम विस्फोटमा कुनै मानवीय क्षति नभए पनि कार्यालयको शौचालय भित्ता र झ्यालका सिसा यत्रतत्र छरिएका छन् । बम विस्फोटबाट कार्यालयका भित्तासमेत चर्किएका छन् । कार्यालयको माथिल्लो तलामा रहेको शौचालयमा बम विस्फोट भएको प्रहरीले जनाएको छ । 

सेवाग्राहीको भीड लाग्ने सो कार्यालयमा बम विस्फोट हुँदा सेवाग्राहीमा भागदौड मच्चिएको थियो । बम विस्फोटन पछि कार्यालयका सम्पूर्ण कामकाज ठप्प भएको छ भने व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ सो कार्यालयका प्रमुख ओमकारप्रसाद न्यौपानेले दिउँसो आफ्नो कक्षामा कार्यालयका कर्मचारीसँग छलफल गरिरहेका बेला एक्कासि ठूलो बम विस्फोट भएको बताए । 

कुनै पनि समूहबाट चन्दालगायतको धम्की नआएकाले किन र कसले बम विस्फोट गराएको हो रु यसबारे आफू अनभिज्ञ रहेको प्रमुख न्यौपानेले बताए । 

यता इप्रका, लहानका प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेले विस्फोट गराउने समूहको खोजी भइरहेको बताए । विस्फोटपछि लहानको अवस्था त्रस्त छ । विस्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन । रासस 

प्रकाशित: २८ वैशाख २०७४ १०:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App