८ वैशाख २०८१ शनिबार
अन्य

पाको उमेरमा व्यायाम

रोजी पुन, जिम इन्स्ट्रक्टर
स्वस्थ शरीरका लागि सबै उमेरका मानिसले व्यायाम गर्न जरुरी छ । बढ्दो उमेरसँगै आउन सक्ने विविध समस्याबाट बच्न पनि शारीरिक व्यायाम अत्यावश्यक छ । हामीकहाँ अधबैँसेहरू मात्रै फिटनेस सेन्टर र क्लब धाउने गर्छन् । पाका उमेरका मानिस फिटनेस सेन्टर जाने चलन नै छैन । उमेर बढ्दै गएपछि घरमै आराम गरेर बस्ने चलन छ । स्वास्थ्यका दृष्टिले यो राम्रो होइन । हिँड्डुल गर्न सक्नेले थोरै समय भए पनि व्यायामलाई दिने हो भने बाँकी जीवनलाई सहज ढंगले बिताउन सकिन्छ ।
औसतमा ६५ वर्ष काटेपछि जो कोहीमा पनि स्वास्थ्यसम्बन्धी केही न केही समस्या देखापर्छ नै । आजीवन स्वस्थ मानिसलाई पनि उमेरका कारणले विभिन्न समस्या देखापर्न थाल्छन् । त्यसैले ६५ वर्ष काटेकाहरूले आफूलाई स्वस्थ राख्न केही शारीरिक व्यायाम गर्नैपर्ने हुन्छ । वृद्धवृद्धाले व्यायाम सुरु गर्नुअघि एक पटक प्रशिक्षकको सहयोग लिँदा राम्रो हुन्छ । आफ्नो शक्ति, ऊर्जा, लचकपनबारे जानकार भएपछि मात्रै व्यायाम थाल्नुपर्छ ।
व्यायामले शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त राख्न मद्दत गर्छ । कुर्सीमा बसेर गर्ने ‘चियर वर्कआउट’देखि वाकिङ, एरोबिक्स, स्विमिङलगायत व्यायाम पाको उमेरकाले पनि गर्न सक्छन् । हप्तामा तीन पटक ३० मिनेटका दरले शारीरिक व्यायाम गर्ने व्यवस्था मिलाउने हो भने पाको उमेरका मानिसले स्वस्थ जीवन जिउन सक्छन् ।

 

प्रकाशित: २८ वैशाख २०७४ १०:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App